धनकुटाका कृष्ण रसाइलीले 'घरेलु ठेकी तोङ्वा उद्योग'बाट ७० प्रकारका काठका सामग्री बजारमा पठाउने गरेका छन्।
धनकुटा– पहाडी जिल्लाबाट सेवा सुविधा र रोजगारका लागि तराइ झर्नेको लहर नै चलेका बेला मोरङका कृष्ण रसाइली धनकुटा बसाइँ सरे।
धनकुटामा आएका उनले काष्ठकला व्यवसायबाट मासिक दुई लाख रुपैयाँभन्दा बढी आम्दानी गरिरहेका छन्। उनी मोरङको पथरी शनिश्चरे नगरपालिका–८ बाट महालक्ष्मी नगरपालिका– ९ को ग्रामीण क्षेत्रमा पाँच वर्षअघि परिवारसहित आएका थिए।
२०६३ सालमा रसाइली रोजगारका सिलसिलामा मलेसिया गए। भनेजस्तो पारिश्रमिक पाएनन्। त्यसपछि स्वदेशमै केही उद्यम गर्ने योजनासहित २०६८ सालमा नेपाल फर्किए। “विदेशमा पैसा कमाउन सकिएन, नेपाल आएर पुर्ख्यौली पेसामा लागेँ”, उनी भन्छन्, “तराईमा भन्दा पहाडमा व्यवसाय गर्न सहज हुने भएकाले यहाँ आएको हुँ।”
पुर्ख्यौली पेसा काठको काम गर्ने (चुँदार) भएकाले रसाइलीले सोही पेसा अँगाले। अनि पानीघट्टको सहाराले काठलाई कुँदेर गरिने कामलाई व्यावसायिक बनाए। घरेलु ठेकी तोङ्वा उद्योग सञ्चालन गरिरहेका छन्। मासिक २० हजार पारिश्रमिक दिएर दुई जना सहयोगी र ५५ हजार रुपैयाँ पारिश्रमिक दिएर तीन कालिगड राखेका छन्। ७० प्रकारका काठका सामग्री बजाएर बजारमा पठाइरहेको उनले सुनाए। एउटा सामग्री २०० देखि २२ हजारसम्ममा बिक्री हुने गरेको छ।
“वार्षिक ४० लाख रुपैयाँसम्म कारोबार हुन्छ। खर्च कटाएर मासिक दुई लाख रुपैयाँ कमाइ गरिरहेको छु”, रसाइली भन्छन्, “सीप हुनेलाई नेपालमै काम र दाम पर्याप्त छ।” समय र उमेर रहेकै बेला विदेश र अन्यत्र भौँतारिनुभन्दा सीप सिकेर उद्यमशील बन्न युवालाई उनको सुझाव छ।
उनका उत्पादन ताप्लेजुङ, इलाम, सुनसरी, झापा, मोरङ, काठमाडौँलगायत क्षेत्रमा बिक्री हुने गरेको छ। महालक्ष्मी नगरपालिकाले व्यवसाय प्रवर्द्धनमा सहयोग गरेको रसाइलीले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
