एक दशकसम्म अस्ट्रेलियामा सफलताको स्वाद चाख्न नपाएको न्युजिल्यान्ड

न्युजिल्यान्डले अस्ट्रेलियामा सफलताको स्वाद चाख्न नपाएको एक दशकभन्दा बढी भइसकेको छ।

मार्च २०१५ को अन्त्यतिर एकदिवसीय विश्वकपको फाइनल खेल्न अस्ट्रेलिया पुग्दा न्युजिल्यान्डले मेलवर्न क्रिकेट स्टेडियम (एमसीजी)मा आयोजकलाई हराउने सुनौले मौका सिर्जना गरेको थियो। प्रतियोगिताको कुनै खेल नहारीकन फाइनलको यात्रा तय गरेको न्युजिल्यान्ड त्यो समय उत्कृष्ट लयमा थियो। तर, न्युजिल्यान्डले फाइनलसम्म त्यो लय सम्हाल्न सकेन र ७ विकेटले पराजित हुँदै उपाधि गुमायो।

त्यो पराजयले अस्ट्रेलियामा जितविहीन न्युजिल्यान्डको हारको श्रङ्खला शुरुवात भयो। जुन अब सबै ढाँचामा १५ खेलमा पुगेको छ। पछिल्लो एकदिवसीय सिरिजसमेत ०–३ ले हारेको न्युजिल्यान्डले अस्ट्रेलियाविरुद्ध सन् २०११ मा होबार्टमा खेलिएको टेस्ट म्याचमा अन्तिमपटक जित निकालेको थियो।

जसमा ट्रेन्ट बोल्टले आफ्नो अन्तर्राष्ट्रिय डेब्यू गरेका थिए। यस अर्थमा न्युजिल्यान्डले अस्ट्रेलियामा सफलताको स्वाद चाख्न नपाएको एक दशकभन्दा बढी भइसकेको छ। यो रेकर्ड कम्तिमा कुनै बिन्दुमा पुगेर समाप्त हुने नै छ।

तर, जारी आईसीसी टी–२० विश्वकपले एकपटक फेरि दुवै टोलीलाई एकअर्काविरुद्ध उभ्याइदिएको छ। त्यो पनि प्रतियोगिताको शुरुवातमै। गत वर्ष संयुक्त अरब इमिरेट्स (यूएई)मा आयोजना भएको टी–२० विश्वकपमा केन विलियम्सनको ४८ बलमा ८५ रनको उत्कृष्ट इनिङ्सको बाबजुद न्युजिल्यान्ड अस्ट्रेलियासँग ८ विकेटले पराजित भएको थियो।

तर, यसपटक बलियो तयारी गरेकोले विगतको हारबाट आफू नअतालिएको बताउँछन्, विलियम्सन। "हामीले यसबारे धेरै सोचेका छैनौँ। अस्ट्रेलियाले घर र घरबाहिर पनि राम्रो खेल्छ, जुन राम्रो हो," उनले भने, "यसले खेलमा ऊ कहाँ उभिएको छ भनेर बताउँछ। त्यसैले यो सम्मानको कुरा हो।"

अहिले पनि न्युजिल्यान्डको टोलीमा २०१५ को एकदिवसीय विश्वकप फाइनल खेलेका ट्रेन्ट बोल्ट, विलियम्सन मार्टिन गुप्टिल र टिम साउथीसहित चार खेलाडी छन्। शनिबार उनीहरू सबैले न्युजिल्यान्डबाट खेल्ने अपेक्षा गरिएको छ। तर, अन्य दुई खेलाडी गुप्टिल र साउथीको प्लेइङ–११ मा स्थान निश्चित छैन।

यसैबीच, बोल्ट र विलियम्सन मैदान उत्रिन्छन् वा उत्रिँदैनन् भन्ने बहस पनि व्यापक चलेको छ। यद्यपि, बोल्ट विश्वका उत्कृष्ट बायाँ हाते फास्ट बलर हुन्। तर, अहिले उनी न्युजिल्यान्ड क्रिकेट बोर्डसँगको केन्द्रीय सम्झौताबाट बाहिरिएका छन्। उनले अर्को वर्ष एकदिवसीय विश्वकप खेल्ने कुरा पनि गरेका छन्। तर, उनलाई अगाडि बढ्न निकै गाह्रो देखिन्छ।

गत वर्षको टी–२० विश्वकप फाइनलमा उत्कृष्ट खेल खेलेका उनी कुहिनोको चोटका कारण धेरै समय मैदानबाहिर थिए। पछि उनलाई उही लयमा फर्कन गाह्रो भएको देखिन्छ। यद्यपि, पाकिस्तान र बंगलादेशसँगको त्रिदेशीय सिरिजको फाइनलमा ३८ बलमा ५९ रनको उनको इनिङ्सले आशाजनक संकेत देखाएको छ।

विलियम्सनले भने, "बीचमा केही समय बिताउन पाउनु राम्रो थियो। मेरो लागि यो आफ्नै खेल सुधार गर्ने मौका थियो।" तर, पछिल्ला एक वर्षमा उनी तीनवटै फर्म्याटमा कप्तानको रूपमा अगाडि बढ्ने उपयुक्त व्यक्ति हुन् कि होइनन् भन्ने प्रश्नहरू नियमित उठिरहेका छन्।

हुन् त अस्ट्रेलियामा न्युजिल्यान्डको प्रदर्शन सन्तोषजनक छैन। ब्रिस्बेनमा दक्षिण अफ्रिकाविरुद्धको पहिलो अभ्यास खेलमा न्युजिल्यान्ड ९८ रनमा अल आउट भएको थियो। भारतसँगको दोस्रो खेल वर्षाका कारण रद्द भयो। न्युजिल्यान्डको एउटा प्रशिक्षण पनि सिड्नीको मौसमले प्रभावित भएको थियो।