नेपाली राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर ब्याट्सम्यान आशिफ शेखले ओमान टी–२० सिरिजको क्रममा देखाएको खेल भावनाको कदर गर्दै आईसीसीले स्पिरिट अफ क्रिकेट अवार्ड दिएको छ।
काठमाडौँ - नेपाली राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर ब्याट्सम्यान आशिफ शेखले आईसीसी स्पिरिट अफ क्रिकेट (खेल भावना) अवार्ड २०२२ जितेका छन्।
गत फेब्रुअरी १५ मा ओमानमा भएको चार राष्ट्र सम्मिलित टी–२० सिरिजको क्रममा आयरल्यान्डविरुद्धको खेलमा देखाएको खेल भावनाको कदर गर्दै आईसीसीले बिहीबार उनलाई यो अवार्ड दिएको हो।
अल इमिरेट्स क्रिकेट मैदानमा भएको उक्त खेलमा नेपालका विकेटकिपर आशिफले आयरल्यान्डका ब्याट्सम्यान एन्डी म्याकब्राइनलाई रन आउट गर्न अस्वीकार गरेका थिए।
पहिले ब्याटिङ गरेको आयरल्यान्डले १९औँ ओभरमा ८ विकेट गुमाउँदै ११४ रन बनाएको थियो। नन स्ट्राइकरको छेउबाट दौडिएका म्याकब्राइन रन चोर्दै गर्दा कमलसिंह ऐरीसँग ठोक्किएर क्रिजमा लडेका थिए।
कमलले दिएको बल उनी अर्को छेउ पुग्नुअघि नै आशिफले समातेका थिए। तर, उनले ब्याट्सम्यानलाई आउट गरेनन्। यस क्रममा कमेन्टेटरले भनेका थिए, "यो निकै भावुक क्षण हो। आशिफले उसलाई सहजै रन आउट गर्नसक्थे तर गरेनन्। यसरी आउट गर्नु भनेको खेलको भावनाविरुद्ध हो। स्पिरिट अफ क्रिकेट अवार्ड २०२२ मा उसलाई आईसीसीले मनोनीत गरोस्।"
आयरल्यान्डको टोलीले निर्धारित २० ओभरमा १२७ रन बनाएको थियो। जवाफी ब्याटिङमा नेपालले १११ रन मात्रै बनाउन सक्यो।
उक्त खेलमा नेपाल १६ रनले पराजित भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
