फिफाले एन्फालाई विश्वकपको २९० वटा टिकट दिएको थियो। त्यसमध्ये ७५ वटा एएफसीका उच्च पदाधिकारीलाई वितरण गरेको आरोप अध्यक्ष पंकजविक्रम नेम्वाङलाई लागेको छ।
काठमाडौँ– अखिल नेपाल फुटबल संघ (एन्फा) केन्दीय सदस्य रूपेश अधिकारीले कतार विश्वकपको टिकट हिनामिनाबारे जवाफ दिन माग गर्दै अध्यक्ष पंकजविक्रम नेम्वाङलाई पत्र लेखेका छन्।
टिकट हिनामिनाको विषयलाई गहनरूपले नलिए फुटबलको सर्वोच्च निकाय फिफा र एशियन फुटबल महासंघ (एएफसी) गुहार्ने उनको चेतावनी छ। बिहीबार इमेलमार्फत पठाएको पत्रमा अधिकारीले फिफाबाट कुन–कुन खेलका लागि कति थान टिकट प्राप्त भएको? कुन आधारमा वितरण गरिएको? एएफसीलाई किन र कति टिकट दिइएको लगायतका विषय उठाएका छन्।
“विश्वकप फुटबल २०२२ को टिकट वितरणका विषयमा निम्नलिखित प्रश्नको जवाफ अविलम्ब (आजै कार्यालय समयभित्र) उपलब्ध गराइ दिनुहुन अनुरोध गर्दछु। यस विषयलाई गहनरूपमा लिइदिनु होला। अन्यथा फिफा र एएफसीमा समेत उठाउन बाध्य हुनेछु”, उनले पत्रमा भनेका छन्।
फिफाले एन्फालाई विश्वकपको २९० वटा टिकट दिएको थियो। त्यसमध्ये ७५ वटा एएफसीका उच्च पदाधिकारीलाई वितरण गरेको आरोप एन्फा अध्यक्ष नेम्वाङलाई लागेको छ। यद्यपि, एन्फाले दुई संस्थाबीच आपसी समझदारीमा विश्वकपको टिकट खरिद गरेको र दुरुपयोग नभएको दाबी गर्दै आएको छ।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
