कृषि विकास, विभिन्न आयोजना सञ्चालन र खाद्यान्न संरक्षणका लागि अफ्रिकी विकास बैंकले १० अर्ब अमेरिकी डलर बराबरको सहयोग गर्ने जनाएको छ।
अफ्रिकी विकास बैंकले अफ्रिकी देशहरूमा खाद्य सुरक्षा प्रयोजनका लागि आर्थिक सहयोग गर्ने भएको छ। सहयोगको रकमबाट अफ्रिकी खाद्य सुरक्षाका लागि आवश्यक कार्यक्रम तथा आयोजना सञ्चालन गरिने अफ्रिकी विकास बैंकका अध्यक्ष अकिनुवी अकेसिनाले बताएका छन्।
अफ्रिकी देशहरुमा कृषिको विकास तथा यससम्बन्धी आयोजना सञ्चालन र खाद्यान्न संरक्षणका लागि अफ्रिकी विकास बैंकले अहिले १० अर्ब अमेरिकी डलर बराबरको सहयोग गर्ने उनले बताए। डाकार खाद्य सुरक्षासम्बन्धी दोस्रो सम्मेलनका क्रममा बुधबार अध्यक्ष अदेसिनाले सो घोषणा गरेका हुन्।
यो रकम ती देशहरूलाई उपलब्ध गराउने प्रत्यक्ष सहयोग हो। खाद्यान्न खरिद गर्नुका साथै कृषिका आयोजना सञ्चालन गरी खाद्यान्न उत्पादनका काममा प्रयोग गर्न सकिनेछ।
सम्मेलनमा उनले भने, “अफ्रिकी देशहरूले अहिले पनि आफ्ना उत्पादन निर्यात गर्नुको साटो खाद्यान्नको आयातमा निर्भर हुनु परेको छ, यो ठूलो दुर्भाग्य हो। विश्वको खेतीयोग्य जमिनको ठूलो हिस्सा अफ्रिकी देशहरूमा पर्दछ तर यहाँका नागरिक भोकै सुत्नुपर्ने अवस्था छ।” साथै, उनले सबै देशहरू उत्पादनका क्षेत्रमा लाग्न आग्रहसमेत गरे।
पश्चिम अफ्रिकी मुलुक सेनेगलको राजधानी डाकारमा बुधबारदेखि शुरू सम्मेलन शुक्रबारसम्म चल्नेछ। सम्मेलनमा अफ्रिकामा खाद्यान्नको उत्पादनका लागि के कसरी तयारी गर्ने भन्नेबारे छलफल भइरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
