दर्ता नभई सञ्चालनमा रहेका १६ वटा वेब पोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने बनाउन प्रेस काउन्सिलले दूरसञ्चार प्राधिकरणमा पत्राचार गरेको छ।
काठमाडौँ– प्रेस काउन्सिल नेपालले पछिल्लो ६ महिनामा ४५ वटा सञ्चारमाध्यमलाई आचारसंहिता उल्लंघनमा कारबाही गरेको छ।
जसमध्ये एउटा अनलाइन कालोसूचीमा परेको छ। अदालतमा विचाराधीन मुद्दा प्रभावित गर्दै समाचार लेखेको 'प्रादेशिक खबर'लाई २४ घण्टे स्पष्टीकरण मागिएको काउन्सिलका सह–प्रवक्ता रामशरण बोहराद्वारा बुधबार जारी विज्ञप्तिमा जनाइएको छ।
यस्तै आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने ‘आइअफनेपाल डटकम’लाई कालोसूचीमा राखी थप कारबाही अघि बढाइएको काउन्सिलले जनाएको छ। यसैबीच आचारसंहिता विपरीत सामग्री सम्प्रेषण गर्ने २८ वटा सञ्चारमाध्यममध्ये २ वटालाई निर्देशन, ६ वटालाई ध्यानाकर्षण, ११ वटालाई सचेत, ४ वटालाई स्पष्टीकरण र ५ वटा वेब पोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने बनाउन पत्राचार भएको विज्ञप्तिमा जनाइएको छ।
यस्तै दर्ता/सूचीकरण नभएका १६ वटा वेब पोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने बनाउन नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार भएको छ। विज्ञापनका नाममा अनावश्यक दबाब दिने, ‘बार्गेनिङ’ गर्ने र तथ्यहीन समाचार सम्प्रेषण गरेका ६ वटा गुनासा परेको काउन्सिलले जनाएको छ।
“पछिल्लो समय बार्गेनिङ’ पत्रकारिताविरुद्ध उजुरी पर्न थालेका छन्। हामीले विशेष संयन्त्र बनाएर छानबिन गरिरहेका छौँ”, काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले भने। २०७९ साउनदेखि हालसम्म विभिन्न मिडियाविरुद्ध ९७ वटा उजुरी दर्ता भएको काउन्सिलले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
