इलामको सूर्योदय नगरपालिका घर भएका प्रेमप्रसाद आचार्यले मंगलबार संसद् भवनअगाडि शरीरमा पेट्रोल हालेर आगो लगाएका थिए।
काठमाडौँ– बानेश्वरस्थित संघीय संसद् भवनअगाडि आफैँलाई आगो लगाएका प्रेमप्रसाद आचार्यको मृत्यु भएको छ।
कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा बुधबार बिहान आचार्यको मृत्यु भएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसपी सीताराम रिजालले बताए। उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लैजाने तयारी भइरहेको रिजालको भनाइ छ।
इलामको सूर्योदय नगरपालिका घर भएका आचार्यले मंगलबार संसद् भवनअगाडि शरीरमा पेट्रोल हालेर आगो लगाएका थिए। एसपी रिजालका अनुसार आचार्यको शरीरको ८० प्रतिशतभन्दा धेरै भाग जलेको थियो।
उनको झोलामा भेटिएका कागजातअनुसार उनी मानसिक रोगको उपचार गराइरहेका बिरामी रहेको प्रहरीले जनाएको छ। आगो लगाउनुअघि उनले फेसबुकमा आफूले आफैँलाई आगो लगाउने उल्लेख गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
