गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। योसँगै प्रदेशको मन्त्रिपरिषद् ८ सदस्यीय बनेको छ।
पोखरा- गण्डकी प्रदेश मन्त्रिपरिषद्ले पूर्णता पाएको छ। मुख्यमन्त्री खगराज अधिकारी एमालेका ३, माओवादीका ३ र राप्रपाका १ गरी ७ सदस्यीय मन्त्रिमण्डल विस्तार गरेका हुन्।
यसअघि पुस २७ गते एमालेबाट मुख्यमन्त्री अधिकारीसहित मन्त्री सीता सुन्दास, माओवादीबाट मन्त्री हरिबहादुर चुमान र राप्रपाबाट मन्त्री पञ्चराम गुरुङले शपथ लिएका थिए।
मुख्यमन्त्री अधिकारीले मंगलबार एमालेका वेदबहादुर गुरुङ ‘श्याम’ र रोशन गाहामगर तथा माओवादीबाट रेशम जुग्जाली मन्त्री नियुक्त गरेका हुन्। गुरुङ १(ख) का सांसद हुन्। एमालेकै गाहा नवलपुर १(ख)बाट निर्वाचित सांसद हुन्। यस्तै, माओवादीका रोशन जुग्जाली म्याग्दी (ख) बाट निर्वाचित भएका हुन्।
त्यस्तै, मुख्यमन्त्री अधिकारीले गण्डकी प्रदेशमा मन्त्रालयको संख्या घटाएर ७ मा झारेका छन्। अघिल्लो सरकारले प्रदेशमा मन्त्रालयको संख्या बढाएर १२ पुर्याएको थियो।
मन्त्रिपरिषद् विस्तार भएसँगै माओवादीका हरिबहादुर चुमानले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन्।
माओवादीकै रेशम जुग्जालीले उद्योग, पर्यटन तथा वातावरण मन्त्रालय तथा एमालेकी सीता सुन्दास आर्थिक मामिला तथा योजना मन्त्रालय, राप्रपाका पञ्चराम गुरुङ सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, एमालेका रोशन गाहा मगरले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, एमालेका वेदबहादुर गुरुङले कृषि तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी पाएको मुख्यमन्त्री कार्यालयले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
