माघ १ गते काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान अवतरण गर्ने क्रममा पोखरा विमानस्थल नजिकै दुर्घटनाग्रस्त हुँदा ७२ जनाको मृत्यु भएको थियो।
काठमाडौँ- पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको छानबिनका लागि सरकारद्वारा गठित उच्चस्तरीय छानबिन आयोगले घटनास्थलबाट प्रमाण संकलन तथा निरीक्षणको काम सकेको छ।
आयोगका एक सदस्यका अनुसार यती एयरलाइन्स र नेपाल नागरिक उड्डयन प्राधिकरण, जल तथा मौसम विज्ञान विभागलगायतका निकायबाट आवश्यक डकुमेन्ट संकलनको काम भइरहेको छ। यो काम सकिएपछि सम्बन्धित व्यक्तिहरूसँग अन्तर्वार्ता गर्ने उनले बताए।
गत माघ १ गते काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर-७२ विमान अवतरण गर्ने क्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग भन्दा करिब १ किलोमिटर टाढा सेती नदीको खोँचमा खसेको थियो। उक्त दुर्घटनामा चालक दलका ४ सदस्यसहित ५३ जना नेपाली, १५ विदेशी गरी ७२ जनाको मृत्यु भएको थियो।
दुर्घटनापछि सरकारले घटनाको छानबिनका लागि पूर्वसचिव नागेन्द्र घिमिरे संयोजकत्वमा आयोग गठन गरेको थियो। उक्त आयोगको सदस्यमा दीपकप्रकाश बास्तोला, सुनिल थापा र एकराचन थापा रहेका छन् भने आयोगको सदस्य सचिवमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन्।
सदस्यसचिव लामिछानेले अन्तर्राष्ट्रिय मापदण्डअनुसार आयोगले विभिन्न चरणमा काम गरिरहेको र गर्दै जाने बताए।
“घटनास्थलको निरीक्षण, त्यहाँ पाइएका भेटिएका इभिडेन्स, तथा प्रमाणको संकलन गर्ने काम भएको छ। डकुमेन्टको संकलन शुरू भइसक्यो”, उनले भने।
विमानको भ्वाइस रेर्कडर तथा ब्ल्याक बक्स परीक्षणका लागि विदेश लैजाने तयारी आयोगले गरेको छ। तर, अहिलेसम्म कहाँ लैजान यकिन भइसकेको छैन। “विश्वको राम्रो र उपयुक्त ल्याबमा लैजान्छौँ। अर्को हप्ता कहाँ लैजाने भन्ने निर्णय भइसक्छ”, उनले भने।
यती एयरलाइन्सको विमान दुर्घटनाको फ्रान्स सरकारको हवाई सुरक्षा सम्बन्धी निकाय बीइए, विमान निर्माता कम्पनी एटीआर र युरोपेली नागरिक उड्डयन सुरक्षा निकायका विज्ञहरूले पनि आ-आफ्नो ढंगले अनुसन्धान गरिरहेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
