नयाँ सडक र पिपलबोटसँग जोडिएको साहित्यिक, राजनीतिक, सामाजिकलगायत विविध प्रसंगको रोचक इतिहास समेटिएको प्रकाश गुरागाईंको पुस्तक 'जङ्क्सन पिपलबोट' लोकार्पण भएको छ।
काठमाडौँ– लेखक प्रकाश गुरागाईंको गैरआख्यान ‘जङ्क्सन पिपलबोट’ लोकार्पण गरिएको छ। शनिबार काठमाडौँको मण्डला थिएटरमा आयोजित कार्यक्रममा मानवशास्त्री सुरेश ढकाल, कविद्वय लक्ष्मी माली र पुरुषोत्तम सुवेदीले संयुक्त रूपमा पुस्तक लोकार्पण गरेका हुन्।
नयाँ सडक र पिपलबोटसँग जोडिएको साहित्यिक, राजनीतिक, सामाजिकलगायत विविध प्रसंगको रोचक इतिहास बोकेको जङ्क्सन पिपलबोट पुस्तक लेखक गुरागाईंको चार वर्षको सक्रिय लेखनी पछि तयार भएको गैरआख्यान हो।
पत्रकारितामा सक्रिय रहने क्रममा साहित्यिक वृत्तबाट पटक–पटक लेखिएको पिपलबोटबारेका लेख तथा सुनेका किस्साले आफूलाई पिपलबोट र यससँग सम्बन्धित इतिहास खोतल्न प्रेरित गरेको गुरागाईंको भनाइ छ। उनले राजामहाराजा नभई आममानिसको आँखाले देखेको इतिहासलाई पुस्तकमार्फत प्रस्तुत गर्ने जमर्को गरेको बताएका छन्।

कवि सुवेदीले पुस्तक नयाँ सडक र यसको इतिहासको दस्तावेज भएको बताए। उनको भनाइमा सहमत मानवशास्त्री ढकालले पनि पुस्तक झन्डै-झन्डै आधिकारिक वक्तव्य भएको उल्लेख गरे। एउटा लमतन्न परेको सडकमा ठिंग उभिएको पिपलबोट, सोही पिपलबोटमा जोडिने काठमाडौँका गल्ली र असंख्य कमिलासरहका मानिसको भेट हुने केन्द्रको रूपमा जङ्क्सन पिपलबोट भएको ढकाल बताउँछन्। गैरआख्यान कहिले पूर्ण नहुँदै भन्दै दोस्रो संस्करणमा हाल पुस्तकमा देखिएका कमीकमजोरी सच्याउन उनले अनुरोध गरे।
कवि लक्ष्मी मालीले आख्यानले नेपाली इतिहास मात्र नभई काठमाडौँका नेवार समुदायले राणाकालीन समयमा महिलाले देखाएको बहादुरीले आफूलाई निकै भावुक तुल्याएको बताइन्। आगामी संस्करणमा थप घटनाहरू पनि आउनुपर्ने उनले बताइन्।
लेखक गुरागाईंको यसअघि ‘खुट्टामा श्रीपेच’ कविता संग्रह प्रकाशित छ। पुस्तक फिनिक्स बुक्सले प्रकाशन गरेको हो। ३१५ पृष्ठको पुस्तकको मूल्य ४५० रुपैयाँ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
