पहिलो दुई महिनामा सरकारको चालु खाता घाटा ३७ अर्ब १८ करोड रुपैयाँ पुगेको छ। यही अवधिमा विदेशी विनिमय सञ्चितिमा पनि कमी आएको छ।
काठमाडौँ- चालु आर्थिक वर्ष २०७९/८० को पहिलो दुई महिना अवधिमा सरकारको चालु खाता घाटा ३७ अर्ब १८ करोड रुपैयाँ पुगेको छ।
नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार भदौ मसान्तसम्ममा चालु खाता २९ करोड १७ लाख अमेरिकी डलरले घाटामा रहेको देखिएको हो। गत आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा चालु खाता घाटा १ खर्ब ६ अर्ब ८ करोड रुपैयाँबराबर रहेको थियो।
त्यस्तै, भदौ मसान्तसम्ममा शोधनान्तर स्थिति २३ अर्ब ६८ करोड रुपैयाँले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ९४ अर्ब ८० करोडले घाटामा रहेको थियो।
चालु आर्थिक वर्षको पहिलो दुई महिना अवधिमा विदेशी विनिमय सञ्चितिमा पनि कमी आएको छ। गत असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चितिमा २ दशमलव २ प्रतिशतले कमी आई भदौ मसान्तमा ११ खर्ब ८९ अर्ब १६ करोड कायम भएको छ।
कूल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकसँग १० खर्ब ५१ अर्ब ५३ करोड रुपैयाँ र बैंक तथा वित्तीय संस्थासँग एक खर्ब ३७ अर्ब ६३ करोड रुपैयाँ रहेको छ। भदौ मसान्तको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४ दशमलव ३ प्रतिशत रहेको छ।
चालु आर्थिक वर्षको पहिलो दुई महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ९ महिनाको वस्तु आयात र ७ दशमलव ७ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने देखिएको छ।
यही अवधिमा विदेशी विनिमय सञ्चितिको कूल गार्हस्थ्य उत्पादन, कूल आयात र विस्तृत मुद्रा प्रदायसँगका अनुपात क्रमशः २४ दशमलव ५ प्रतिशत, ६४ दशमलव ६ प्रतिशत र २१ दशमलव ८ प्रतिशत रहेको छ।
तराईमा बढ्यो महँगी
तराई–मधेशमा मूल्यवृद्धि अपेक्षित अंकभन्दा माथि रहेको पाइएको छ। चालू आवको पहिलो दोस्रो महिनाको अन्त्यसम्ममा तराईमा उपभोक्ता मुद्रास्फीति ९ दशमलव ३३ प्रतिशत बराबर रहेको छ।
राष्ट्र बैंकका अनुसार २०७८ भदौमा तराईको उपभोक्ता मुद्रास्फीति ३ दशमलव ६५ प्रतिशत बराबर थियो। गत भदौ महिनामा काठमाडौँ उपत्यकामा ७ दशमलव ६२ प्रतिशत पहाडमा ८ दशमलव ८२ प्रतिशत र हिमालमा ६ दशमलव ६८ प्रतिशत मुद्रास्फीति रहेको छ।
बैंकका अनुसार २०७८ भदौ महिनामा काठमाडौँ उपत्यकामा ३ दशमलव २३ प्रतिशत, पहाडमा ३ दशमलव ९६ प्रतिशत र हिमाली क्षेत्रमा ३ दशमलव ५१ प्रतिशत बराबरको मुद्रास्फीति थियो।
यस्तै, भदौ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८ दशमलव ६४ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३ दशमलव ४९ प्रतिशत थियो। समीक्षा महिनामा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ८ दशमलव १७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ९ दशमलव ०२ प्रतिशत रहेको छ।
विसं २०७८ भदौको तुलनामा २०७९ भदौमा खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत फलफूल, घ्यू तथा तेल, रेष्टुरेन्ट तथा होटल, मदिराजन्य पेयपदार्थ र तरकारी उपसमूहको मूल्यवृद्धि क्रमशः १७ दशमलव २९ प्रतिशत, १४ दशमलव ५३ प्रतिशत, १२ दशमलव ३० प्रतिशत, १० दशमलव २४ प्रतिशत र ९ दशमलव ९४ प्रतिशत रहेको छ।
समीक्षा महिनामा गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायात, स्वास्थ्य, फर्निसिङ तथा घरायसी उपकरण, शिक्षा र घरायसी उपयोगका वस्तु उपसमूहको मुद्रास्फीति क्रमशः २३ दशमलव ४१ प्रतिशत, १० दशमलव ५४ प्रतिशत, ९ दशमलव २५ प्रतिशत, ८ दशमलव ११ प्रतिशत र ७ दशमलव ६९ प्रतिशत रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
