अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार एन्फा कम्प्लेक्समा सार्वजनिक गरेको खेल तालिका (टाइसिट ड्र) अनुसार पहिलो खेलमा खुमलटार र फ्रेन्ड्स भिड्ने भएका हुन्।
काठमाडौँ- शहीद स्मारक 'ए' डिभिजन लिग २०७९ फुटबल प्रतियोगिताको उद्घाटन खेलमा नवप्रवेशी क्लब एफसी खुमलटार र फ्रेन्ड्स क्लब भिड्ने भएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार एन्फा कम्प्लेक्समा सार्वजनिक गरेको खेल तालिका (टाइसिट ड्र) अनुसार पहिलो खेलमा खुमलटार र फ्रेन्ड्स भिड्ने भएका हुन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उद्घाटन खेल साँझ साढे पाँच बजे शुरू हुनेछ। एन्फाले 'ए' डिभिजन लिग अन्तर्गत पाँचौँ चरणसम्मको खेल तालिका सार्वजनिक गरेको छ।
डबल राउन्ड रोबिनको आधारमा हुने नयाँ सिजनको लिग फागुन १९ गतेबाट शुरू हुनेछ। लिगका खेलहरू दशरथ रंगशाला, च्यासल र एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ।
यसपटक 'बी' डिभिजन लिगको विजेता बन्दै चर्च ब्वाइज युनाइटेड फुटबल क्लब शीर्ष डिभिजनमा उक्लिएको थियो। एफसी खुमलटार भने उपविजेताको रूपमा शीर्ष डिभिजनमा उक्लिएको हो।
नवप्रवेशी चर्च ब्वाइजले पहिलो खेलमा फागुन २० गते विभागीय टोली नेपाल पुलिस क्लबसँग खेल्नेछ। यो खेल च्यासल मैदानमा साढे २ बजेबाट शुरू हुनेछ। साबिक विजेता मच्छिन्द्र फुटबल क्लबले भने पहिलो खेलमा जावलाखेल यूथ क्लबसँग खेल्ने छ। यी दुईबीचको खेल फागुन २१ गते दशरथ रंगशालामा बेलुका साढे ५ बजे शुरू हुनेछ।
यसपटकको लिगमा १८२ खेल हुने एन्फाले जनाएको छ। लिग विजेताले ७५, उपविजेताले ५० र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन्। प्रतियोगिताको 'मोस्ट भ्यालुएबल' खेलाडीले ३, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले २ र इमर्जिङ प्लेयरले १५० हजार रुपैयाँ पाउने छन्।
'फेयर प्ले' अवार्ड विजेता टोलीले ३ लाख पाउने छन्। प्रत्येक खेलको विजेता क्लबले 'म्याच मनी'बापत् ५० हजार रुपैयाँ प्राप्त गर्नेछ। हरेक खेलको 'म्यान अफ द म्याच'ले १० हजार रुपैयाँ पाउनेछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
