दश वर्षअघि मिर्गौला प्रत्यारोपण शुरू गरेको केन्द्रले २०६९ चैत १६ देखि विपन्न रोगीका लागि निःशुल्क डायलासिस सेवा पनि शुरू गरेको छ।
काठमाडौँ– भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक हजार मिर्गौला प्रत्यारोपण गरेको छ।
केन्द्रले मिर्गौला प्रत्यारोपण गर्न शुरू गरेको दश वर्षको अवधिमा एक हजार मिर्गौला प्रत्यारोपण गरेको हो। शुक्रबार एक हजार मिर्गौला प्रत्यारोपण भएको अवसरमा केन्द्रले काठमाडौँमा एक बृहत् कार्यक्रमको आयोजना गरेको छ।
कार्यक्रममा सहभागी हुन पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको क्षमता विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले आफ्नो मृत्युपश्चात् सम्पूर्ण शरीर दान गर्ने घोषणा पनि गरेका छन्।
उक्त अवसरमा केन्द्रले मिर्गौला प्रत्यारोपीहरूसँग साक्षात्कार कार्यक्रम पनि गरेको छ। सो कार्यक्रममा सहभागी प्रत्यारोपीहरूले राज्यले मिर्गौला प्रत्यारोपण र डायलिसिस सेवालाई प्रभावकारी बनाउनुपर्ने बताएका छन्। उनीहरूले बिरामीले सहज रूपमा उपचार गर्न पाउने व्यवस्था गर्नेतर्फ राज्यले ध्यान दिनुपर्ने पनि बताए।
दश वर्षअघि मिर्गौला प्रत्यारोपण शुरू गरेको केन्द्रले २०६९ चैत १६ देखि विपन्न रोगीलाई सहज होस भनेर निःशुल्क डायलिसिस सेवा पनि शुरू गरेको थियो। नेपालमा अहिले वर्षमा करिब तीन सय मिर्गौला प्रत्यारोपण हुँदै आएको छ। त्यसमा दुई सय वटा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले गर्दै आएको छ। बाँकी अन्य संस्थाले वर्षमा एक सय बिरामीको मिर्गौला प्रत्यारोपण गर्दै आइएका छन्।
सहभागीहरूले सातवटै प्रदेशमा सहजै मिर्गौला प्रत्यारोपण गर्न सकिने व्यवस्था गर्न र निःशुल्क डायलिसिस सेवा शुरू गर्नुपर्ने बताएका थिए। मिर्गौला प्रत्यारोपण गरेका सुरेश दर्जीले सरकारले मिर्गौलाका बिरामीहरूलाई सहज र प्रभावकारी सेवा दिनका लागि विशेष कार्यक्रम बनाएर लागू गर्नुपर्ने बताए।
केन्द्रका निर्देशक डा. पुकार श्रेष्ठले आगामी दिनमा सेवालाई थप प्रभावकारी बनाएर लगिने जानकारी दिए। कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी, बागमती प्रदेशसभाका निवर्तमान मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे, स्वास्थ्य मन्त्रालयका दुवै सचिव लगायतको सहभागिता रहेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
