दाङको रूख कटान घटनामा हाम्रो संलग्नता छैन : एमसीए नेपाल

रुख कटान भएको क्षेत्रमा एमसीए–नेपाल र एमसीसीका अधिकारी स्थलगत निरीक्षणमा गएको र समीक्षा गरेर आगामी कदमबारे निर्णय लिइले पनि एमसीए नेपालले जनाएको छ।

काठमाडौँ- दाङमा करिब १५ सय रूख काटिएको घटनामा आफ्नो कुनै संलग्नता नरहेको  मिलिनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए)ले स्पष्ट पारेको छ। 

शुक्रबार विज्ञप्ति जारी गदै राप्ती गाउँपालिका क्षेत्रमा पर्ने पूर्व–पश्चिम राजमार्गको २२ किलोमिटर सडकखण्ड छेउछाउका करिब १५ सय रूख काटिएको कार्यमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेको हो। 

उक्त क्षेत्र एमसीए– नेपालको सडक मर्मत आयोजनाको कार्यक्षेत्रमा पर्ने भएपनि एमसीए –नेपाललाई कुनै जानकारी एवं परामर्श नगरी रूख कटान गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ। 

उक्त कार्य नेपालको वातावरणसम्बन्धी ऐन कानुन र वातावरणीय निर्देशिका विपरीत रहेको पनि उसले जनाएको छ। 

रूख कटान भएको क्षेत्रमा एमसीए–नेपाल र एमसीसीका अधिकारी स्थलगत निरीक्षणमा गएको र समीक्षा गरेर आगामी कदमबारे निर्णय लिइले पनि एमसीए नेपालले जनाएको छ।
 

यो पनिः  मुख्यमन्त्रीको आदेशमा भालुवाङदेखि लमहीसम्म सयौँ रुख काटिए