अन्तर्राष्ट्रि क्रिकेट काउन्सिल (आईसीसी)को आयोजनामा हुने टी–२० विश्वकप २०२४ मा भारत-पाकिस्तान भिड्दै छन्। उक्त विश्वकप वेस्ट इन्डिज र अमेरिकामा हुने तय छ।
अन्तर्राष्ट्रि क्रिकेट काउन्सिल (आईसीसी)को आयोजनामा हुने टी–२० विश्वकप २०२४ मा भारत-पाकिस्तान भिड्दै छन्। सन् २०२४ को विश्वकप वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रूपमा आयोजना गर्ने तय भएको छ।
अमेरिकी क्रिकेट बोर्डका अध्यक्ष अतुल रायले भारत–पाकिस्तान खेल वेस्ट इन्डिजमा नभई अमेरिकामा हुने दाबी गरेका छन्। "फ्लोरिडामा भएको भारत–वेस्ट इन्डिजको खेलमा स्थानीय समर्थकबाट राम्रो प्रतिक्रिया आएको थियो। खेलका सबै टिकट बिक्री भएका थिए। त्यसैले पनि भारत–पाकिस्तानबीचको विश्वकपको खेल पनि यहीँ आयोजना भयो भने समर्थकबाट ठूलो सहयोग मिल्छ भन्ने हामीलाई लाग्छ",रायले भनेका छन्।
गत वर्ष अगस्टमा भारतले वेस्ट इन्डिज र अमेरिकाको भ्रमण गरेको थियो। यस अवधिमा भारतीय टोलीले पाँच टी–२० र तीन एकदिवसीय सिरिज खेलेको थियो। अन्तिम टी–२० खेल फ्लोरिडामा खेलिएको थियो, जुन खेलमा भारतले ८८ रनले जितेको थियो। भारतले यो टी–२० सिरिज ४–१ ले आफ्नो नाममा गरेको थियो।
आईसीसीका प्रतिनिधिले दुई पटक अमेरिकाका विभिन्न शहरको भ्रमण गरिसकेको छ। उनीहरूले धेरै मैदानको अवलोकन पनि गरेका छन्। सन् २०२४ को टी–२० विश्वकपको यो खेलको आयोजना अमेरिकालाई दिइएको छ। त्यहाँ भारत र पाकिस्तान मूलका बासिन्दाको ठूलो जनसंख्या छ।
यसका अलवा आईसीसीले अमेरिकामा पनि क्रिकेटलाई लोकप्रिय बनाउने प्रयास गरिरहेको छ। अहिले अमेरिकामा बेसबल, बास्केटबल, फुटबलजस्ता खेलहरू लोकप्रिय छन्।
भारत–पाकिस्तानको प्रतिस्पर्धा विश्वमा चर्चित छ। विगत १० वर्षदेखि यी दुई टोलीबीच कुनै द्विपक्षीय सिरिज भएको छैन। आईसीसीले यी दुई टोलीबीचको खेल आयोजना गर्छ। सामान्यतया यो खेल प्रतियोगिताको प्रारम्भिक चरणमा हुन्छ। यसले प्रतियोगितालाई हाइप दिन्छ। यस्तो अवस्थामा आईसीसी र आयोजक राष्ट्रले टिकट, प्रायोजक आदिबाट ठूलो रकम कमाउँछन्। पूरै विश्वकपको एकतिहाइ दर्शक यो खेलमा आउँछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
