भारतमा अर्बपतिहरूको संख्या १०२ बाट बढेर सन् २०२२ मा १६६ पुगेको छ। भारतका सबैभन्दा धनी १०० जना मानिसको कूल सम्पत्ति ५४ लाख करोड भारतीय रुपैयाँ रहेको पाइएको छ।
२१ जना भारतीय नागरिकसँग ७० करोड मानिसको भन्दा धेरै सम्पत्ति रहेको एक प्रतिवेदन सार्वजनिक भएको छ। स्वीजरल्याण्डको डाबोसमा जारी विश्व आर्थिक सम्मेलनका क्रममा सार्वजनिक एक प्रतिवेदनले भारतमा बढ्दो गरिबी जारी सम्मेलनमा भारतमा धनी र गरिबबीचको बढ्दो खाडलबारे डरलाग्दो तस्वीर पेश गरिएको हो।
यस्तै, भारतको ६० प्रतिशत सम्पत्ति त्यहाँका केबल पाँच प्रतिशत मानिसको हातमा रहेको अक्सफार्मको ताजा प्रतिवेदनले देखाएको छ। यस्तै, त्यहाँका ५० प्रतिशत मानिससँग देशको कूल सम्पत्तिको केबल ३ प्रतिशत हिस्सा रहेको देखाइएको छ।
अक्सफार्मको ‘सर्भाइवल अफ द रिचेस्ट : द इन्डिया सप्लिमेन्ट’ नामक प्रतिवेदन अनुसार सन् २०२२ मा भारतका सर्वाधिक धनी व्यक्तिको सम्पत्ति ४६ प्रतिशतले बढेको छ।
सन् २०१२ देखि २०२१ को अवधिमा भारतमा जति पनि धन बढेको छ त्यसको ४० प्रतिशत हिस्सा सबैभन्दा धनी एक प्रतिशत मानिसहरूलाई मात्रै मिलेको छ। जबकि ५० प्रतिशत जनसंख्याले केबल ३ प्रतिशत हिस्सा पाएका छन्।
यस प्रतिवेदनका अनुसार भारतमा अरबपतिहरूको संख्या सन् २०२० मा १०२ रहेकोमा यो संख्या सन् २०२२ मा १६६ पुगेको छ। साथै, भारतका सबैभन्दा धनी १०० जना मानिसको कूल सम्पत्ति ५४ लाख करोड भारतीय रुपैयाँ रहेको पाइएको छ। यो सबै रकम डेढ बर्षसम्म भारतको केन्द्रीय बजेट बनाउन पुग्ने समाचारसंस्था डीडब्लुले उल्लेख गरेको छ।
यस प्रतिवेदनले भारतमा भोकमरी बढेको देखाएको छ। भारतमा सन् २०१८ मा १९ करोड भोकमरीको जोखिममा रहेका मानिसको संख्या बढेर सन् २०२२ मा ३५ करोड पुगेको अक्सफार्मले उल्लेख गरेको छ।
साथै, मृत्यु भएका पाँच वर्षमूनिका बालबालिकामध्ये ६५ प्रतिशतले भोकमरीका कारण ज्यान गुमाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
