नर्वेका पुरातत्वविद्हरूले विश्वको सबैभन्दा पुरानो शिलालेख फेला पारेको दाबी गरेका छन्। यो शिलालेख करीब दुई हजार वर्ष पुरानो भएको बताइएको छ।
नर्वेका पुरातत्वविद्हरूले विश्वको सबैभन्दा पुरानो शिलालेख (कुनै पनि भाषालाई ढुंगामा कुँदिएको) फेला पारेको दाबी गरेका छन्। यो शिलालेख करीब दुई हजार वर्ष पुरानो भएको दाबी गरिएको छ। यसलाई अहिलेसम्मकै पुरानो शिलालेख मानिएको छ।
चारपाटे फराकिलो खैरो रंगको यो शिलालेखलाई ओस्लोस्थित म्युजियम अफ कल्चरल हिस्ट्रीले स्क्यान्डिनेभियामा पुरातन समयमा शब्दहरूलाई लेख्यमा उतारेर राखिएको शुरूआदी उदाहरणका रूपमा अर्थ्याइएको छ। साथै, कुनै समयलाई दर्शाउने यो नै सबैभन्दा पुरानो शिलालेख भनिएको छ।
“लौह युगको शुरूवाती चरणमा प्रयोग गरिने वर्ण र चिन्हकाबारे बुझ्न यस शिलालेखले थप ज्ञान दिने विश्वास गरेका छौँ। नर्वे र स्क्यान्डिनेभियामा ढुंगामा आकृति र वर्णहरू कुँद्ने सायद यो पहिलो प्रयास हुनुपर्छ”,ओस्लो विश्वविद्यालयका प्रोफेसर क्रिस्टेल जीलमर भन्छन्, “ यस प्रकारका पुराना वर्णहरू प्रयोग भएका काठ र अन्य सामग्रीहरू भेटिएका छन् तर ढुंगामा भने पाइएको छैन।”
यसअघि डेनमार्कमा एक हड्डीले बनेको काँइयोमा रनिक अर्थात पुरानो वर्णका कुँदिएको पाइएको थियो। यसरी कुँद्नका लागि चक्कुको चुच्चो भाग वा सुईको प्रयोग हुने गरेको प्रोफेसर जीलमरले बताए।
यो शिलालेख सन् २०२१ मा ओस्लोको पश्चिमतर्फ विभिन्न प्राचीन वस्तुहरूको उत्खनन्का क्रममा फेला परेको थियो। तर यस शिलालेखको कहिलेको हो भन्ने पत्ता लगाउन समय आवश्यक परेकाले मंगलबार मात्रै जानकारी दिइएको बताइएको छ।
यस ढुंगाबारे थप अध्ययन र अनुसन्धान अघि बढाइने छ। यसले हामीलाई रनिक लेखनबारेको तत्कालीन इतिहासबारे महत्वपूर्ण ज्ञान दिने आशा छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
