विश्वासको मतका पक्षमा नेपाली कांग्रेसले समेत मतदान गरेको थियो।
काठमाडौँ- बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जमकट्टेलले विश्वासको मत प्राप्त गरेका छन्। कूल एक सय १० सदस्यीय प्रदेशसभामा विश्वासको मतको प्रस्तावको पक्षमा उनले एक सय पाँच मत प्राप्त गरेका छन्।
विश्वासको मतको पक्षमा नेपाली कांग्रेसले समेत मतदान गरेको थियो।
आज अपराह्न बसेको प्रदेशसभाको बैठकमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का तीन सदस्यले विपक्षमा मतदान गरेका थिए।
मतदानमा एक सय नौ सदस्यले भाग लिएका थिए। नेपाली कांग्रेस प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री जम्मकट्टेललाई विश्वासको मत प्रदान गर्ने निर्णय गरेको संसदीय दलका नेता बहादुरसिंह लामाले बताए।
मुख्यमन्त्री जम्मकट्टेललाई नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टी गरी छ दलका सदस्यले मत दिएका थिए।
मुख्यमन्त्रीका रूपमा विश्वासको मत प्राप्त गरेपछि मुख्यमन्त्री जमकट्टेलले बागमती प्रदेश सरकारले जनताको चाहनाअनुरूप प्रदेशमा स्थायित्व, सुशासन र विकासका लागि काम गर्ने बताए।
प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
