मंगलबार कारोबारमा आएका २५० कम्पनीको १ करोड १८ लाख ८३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
काठमाडौँ- साताको पहिलो कारोबार दिन मंगलबार नेप्से परिसूचक ३२ अंकले वृद्धि भएको छ।
आज नेप्से परिसूचक ३२.७२ अंक बढेर २१८२.११ बिन्दुमा पुगेको हो।
त्यस्तै, सेन्सेटिभ इन्डेक्स ४.८१ अंक बढेको छ भने फ्लोट इन्डेक्स २.१० अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.४५ अंकले बढेको छ।
मंगलबार कारोबारमा आएका २५० कम्पनीको ३ अर्ब ७२ करोड ४७ लाख ९४ हजार रुपैयाँ बराबरका १ करोड १८ लाख ८३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
आज नेप्से परिसूचक बढेपनि कारोबार रकम भने घटेको छ। गत बिहीबार करिब साढे ५ अर्बको कारोबार भएको थियो।
नेप्सेका १३ उपसमूहमध्ये मंगलबार बैंकिङ उपसमूहको परिसूचकबाहेक सबै उपसमूहको परिसूचक बढेको छ। जसमा होटल तथा पर्यटन उपसमूहको परिसूचक ५.१२ प्रतिशत, जलविद्युत उपसमूहको परिसूचक ५.०४ प्रतिशत, वित्त उपसमूहको परिसूचक यसदिन साढे ३ प्रतिशतभन्दा बढी बढेको छ। तर यता बैंक उपसमूहको परिसूचक भने ०.३२ प्रतिशत घटेको छ।
मंगलबार नेप्सेपरिसूचकमा वृद्धि भएसँगै ५ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
जसमा ग्रिन भेन्चर्स, आदर्श लघुवित्त, पिपुल्स हाइड्रोपावर, बाराही हाइड्रोपावर र घलेम्दी हाइड्रोको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
आज अपि पावर कम्पनीको २३ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
