मंगलबार सम्पन्न दिनको पहिलो खेलमा कर्णालीलाई १० विकेटले पराजित गर्दै प्रदेश १ सेमिफाइनलमा पुगेको हो।
काठमाडौँ- लगातार तेस्रो जित हात पारेको प्रदेश नम्बर १ प्रधानमन्त्री कप महिला टी-२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।
मंगलबार सम्पन्न दिनको पहिलो खेलमा कर्णालीलाई १० विकेटले पराजित गर्दै प्रदेश १ सेमिफाइनलमा पुगेको हो।
कर्णालीले दिएको ४० रनको लक्ष्य प्रदेश १ ले ५ ओभरमा बिना कुनै विकेट गुमाउँदै पूरा गरेको हो।
प्रदेश १ की कप्तान तथा ओपनर रूविना क्षेत्री बेलबासेले अविजित रहँदै सर्वाधिक २२ रन बनाइन्। उनले १४ बलमा ३ चौका र १ छक्का प्रहार गरिन्।
अर्की ओपनर काजल श्रेष्ठ १५ बलमा ४ चौकासहित १३ रन बनाएर अविजित रहिन्।
त्यसअघि जनता क्रिकेट पार्क इटहरीमा आउट फिल्ड ओसिलो भएको कारण ११ ओभरमा झारिएको खेलमा कर्णालीले ५ विकेट गुमाउँदै ३९ रन बनाएको थियो।
कर्णालीकी रमा बुढाथोकीले सर्वाधिक १८ रन बनाइन्। उनले २९ बलमा १ चौका प्रहार गरिन्। उनीबाहेक अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
लगातार जित हात पारेको प्रदेश १ ले ३ खेलबाट ६ अंक जोड्यो। समूह बी मा रहेको प्रदेश १ शीर्ष स्थानमा छ। कर्णाली जितविहीन रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
