संसारकै सबैभन्दा चिसो शहरका रूपमा परिचित रुसको याकुत्स्क शहरको तापक्रम माइनस ५० डिग्रीसम्म पुग्ने गर्छ।
संसारको सबैभन्दा चिसो हुने शहर रुसको साखा रिपब्लिकमा रहेको याकुत्स्क हो। रुसको राजधानी मस्कोदेखि ५ हजार किलोमिटर पूर्वमा पर्ने यो स्थान संसारकै चिसो तापक्रम भएको मानव बसोबास रहेको क्षेत्र हो।
सन् १६३२ मा याकुत्स्क शहर बसाइएको मानिन्छ। यस शहरमा करिब साढे ३ लाख मानिस बस्छन्। चिसो मौसममा यहाँको तापक्रम औसतमा माइनस ४० डिग्री सेल्सियस हुने गर्छ। यहि जनवरी १५ मा भने यहाँको तापक्रम माइनस ५० डिग्री सेल्सियस मापन गरिएको थियो।
चिसो छल्नका लागि मानिसहरूले दुईवटा स्कार्फ, दुई जोडी पञ्जा, थुप्रै टोपीसहित लुगाका खात लगाएर घर बाहिर निस्किनुपर्छ। नत्र चिसोले मानिसको छाला बिगार्छ र तुरुन्तै मानिसको ज्यान जाने जोखिम समेत हुन्छ।
यति चिसो स्थानमा वर्षैभरि तापक्रम कम हुने भने होइन। गर्मीको मौसममा यहाँको तापक्रम ४० डिग्री सेल्सियससम्म पुग्ने गर्छ।
-एजेन्सीको सहयोगमा
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
