एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भेटिए २ वर्ष कैद वा १ लाख जरिबाना तथा दुबै सजाय हुनसक्छ।
काठमाडौँ- निर्वाचन आयोगले आचारसंहिता उल्लघंन गरेको भन्दै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कारबाही गर्न निर्देशन दिएको छ।
आयोगले जिल्ला प्रहरी कार्यालय रौतहटलाई पत्राचार गर्दै कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो।
आयोगले प्रहरीलाई नेपालले निर्वाचन सम्मुखमा युवाहरूलाई विदेश पठाउने भनी सार्वजनिक रूपमा प्रलोभन देखाउने कार्य गरेको बताउँदै निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ३९ बमोजिम आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन भनेको हो।
पत्रमा नेपालले फ्री भिसा र फ्री टिकटमा मतदातालाई विदेश पठाउने भनी वक्तव्य दिएको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको उल्लेख छ। त्यस्तै आयोगले सामाजिक सञ्जालमा सार्वजनिक भएको वक्तव्य नेपालकै भएको समेत उल्लेख गरेको छ।
निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २० को उपदफा (४) को खण्ड (च) मा कुनै किसिमले लोभ लाल देखाउने वा आर्थिक प्रलोभन देखाउन नहुने व्यवस्था छ।
ऐनको दफा २० को उपदफा (४) उपदफा (१) को खण्ड (च) विपरीतको कार्य गर्ने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा २ वर्षसम्म कैद तथा दुवै सजाय हुने व्यवस्था गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
