माधव नेपाललाई कारबाही गर्न निर्देशन दिँदै आयोगले प्रहरीलाई पठायो पत्र

निर्वाचन आचारसंहिता उल्लघंन गरेको भन्दै निर्वाचन आयोगले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कारबाही गर्न निर्देशन दिएको छ।

काठमाडौँ- निर्वाचन आयोगले एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई कारबाही गर्न निर्देशन दिँदै प्रहरीलाई पत्राचार गरेको छ। 

आयोगले रौटहट-१ का उम्मेदवारसमेत रहेका नेपाललाई निर्वाचन प्रभाव पार्ने कसूर गरेको भन्दै कारबाही प्रक्रिया अघि बढाउन प्रहरीलाई रौतहट प्रहरीलाई निर्देशन दिएको हो।

नेपालले रौतहटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै मतदातालाई फ्रि भिसा, फ्रि टिकटमा वैदेशिक रोजगारीमा पठाउने प्रलोभन देखाएको भन्दै आयोगले निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा ३९ अनुसार कारवाही प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय रौतहटलाई निर्देशन दिएको हो।

ऐनको दफा २० मा उम्मेदवारले मतदातालाई लोभलालच वा आर्थिक प्रलोभन देखाउन नहुने व्यवस्था उल्लेख छ।