एकीकृत समाजवादी अध्यक्ष नेपाल र कांग्रेस नेता पौडेलबीच भेटवार्ता

दुई नेताबीच प्रधानमन्त्रीलाई दिएको विश्वासको मत, सभामुख र राष्ट्रपति निर्वाचन लगायत विषयमा छलफल भएको छ। 

काठमाडौँ– एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र कांग्रेस नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ। 

एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा शनिबार भेटवार्ता भएको हो। सो क्रममा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा एक घण्टा छलफल भएको पौडेलका स्वकीय सचिव चिरन्जीवी अधिकारीले बताए। 

प्रधानमन्त्रीलाई विश्वासको मत दिएको विषयदेखि सभामुख र राष्ट्रपति निर्वाचन लगायत विषयमा छलफल भएको उनले बताए।