देवघाटको बेनीमा बिहान बाँसको लिङ्गो ठड्याएर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको छ।
चितवन– पवित्र तीर्थस्थल देवघाटको बेनीमा बिहान बाँसको लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको छ।
गलेश्वर आश्रमका पीठाधीश अनन्त श्री विभूषित आत्मानन्द गिरी जी महाराज, हरिहर आश्रमका पिठाधीश १००८ स्वामी ज्ञानानन्द जी महाराज, महेश सन्यास आश्रमका पीठाधीश १००८ स्वामी रमणानन्द जी महाराजसहित सन्तमहन्तलगायतको उपस्थितिमा लिङ्गो ठड्याइएको हो। यसअघि गलेश्वर आश्रममा भेला भएर विधिवत्रुपमा लिङ्गोसहित शोभायात्रा बेनीमा पुगेको थियो।
देवघाट चितवन, तनहुँ र नवलपरासीको सङ्गमस्थल हो। मेलाको शुरूआतसँगै बाहिरबाट भक्तजन आउन थालेको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री अधिकारीले बताए। “विगत तीन वर्ष कोभिडका कारण रोकिएको मेला पुनः आयोजना गरिएको हो”, उनले भने, “मेला भर्न पाँच लाख भक्तजन आउने अनुमान गरेका छौँ।” मेला भर्न आउनेका लागि प्रवेशद्वार रामनगरमा र बाहिरिने आँपटारीबाट बनाइएको छ।
पहिलो दिन राति भक्तजन जाग्राम बस्ने प्रचलन छ। शास्त्रानुसार सौरमासको हिसाबले माघे सङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले ‘मकर सङ्क्रान्ति’ भनिएको हो। शनिबारदेखि सूर्य दक्षिणी गोलार्द्धबाट उत्तरी गोलार्द्धतर्फ प्रवेश गर्ने भएकाले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ। ‘भविष्य पुराण’, ‘विष्णुवचन’ तथा ‘धर्मसिन्धु’ नामक ग्रन्थमा यस दिन पवित्र तीर्थस्थलमा स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने विश्वास गरिन्छ।
उक्त पदार्थ आफूले खाएमा शरीर पोसिलो हुनाका साथै निरोग भइने जनविश्वास छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
