तिहारलाई लक्षित गर्दै चार फिल्म प्रदर्शन हुँदैछन्। कात्तिक ४ मा ‘के घर के डेरा’ र ‘नालापानी’, कात्तिक ११ मा ‘महापुरूष’ र कात्तिक १८ मा ‘लाखे’ प्रदर्शन हुने भएको हो।
काठमाडौँ- चाडपर्वमा फिल्मले राम्रो व्यापार गर्ने देखिएपछि निर्माता तथा निर्देशकले प्रदर्शन तोक्ने गरेका छन्। गएको दसैँलक्षित फिल्म ‘प्रेम गीत ३’ र ‘दुई नम्बरी’ ले दर्शकको राम्रो साथ पायो। यस अगाडिको दसैँ-तिहारमा प्रदर्शन भएका फिल्मले राम्रो व्यापार गरेको वितरक करण श्रेष्ठ बताउँछन्।
“दर्शकहरू चाडपर्वको माहोलमा रहने हुँदा फिल्मले राम्रो व्यापार गरिरहेको पाइन्छ। यसैकारण पनि चाडपर्वमा प्रदर्शनको लागि डेट पाउन मुस्किल हुनेगरेको छ,” वितरक श्रेष्ठले भने। तिहारलाई लक्षित गर्दै चार फिल्म प्रदर्शन हुँदैछन्। कात्तिक ४ मा ‘के घर के डेरा’ र ‘नालापानी’, कात्तिक ११ मा ‘महापुरूष’ र कात्तिक १८ मा ‘लाखे’।
अभिनेता दयाहाङ राईले आफू अभिनित फिल्म ‘के घर के डेरा’ ले दुवैतर्फको कथा भन्ने जानकारी दिए। उनी भन्छन्, “डेरामा बस्ने मात्र नभई घर हुनेको पनि छुटै पीडा हुन्छ। हामीले मध्यमार्गी भएर कथा देखाउने कोसिस गरेका छौँ। मलाई भने डेराको समयमा फर्कायो।”
फिल्ममा अभिनेता राईसँगै विपीन कार्की, सुरक्षा पन्त, वर्षा राउत, रवीन्द्र झालगायतका कलाकारको अभिनय रहेको छ।
सन् १८१४ मा देहरादुनस्थित नालापानीगढीमा भएको अंग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाइँलाई आधारित ‘नालापानी’ वर्षौंको मिहिनेतले तयार गरिएको अभिनेता अर्जुनजंग शाहीले बताए।
यसमा अभिनेता शाहीसँगै देशभक्त खनाल, सन्तोष पन्त, मनोज शाक्य, विशाल पहारी, विजय विष्फोट, पूजना प्रधान, गीता अधिकारी, सहिना भट्टराई, गीत विष्ट, युगजङ्ग कार्की लगायतको अभिनय छ। फिल्मलाई रिमेश अधिकारीले निर्माण तथा निर्देशन गरेका हुन्।
कात्तिक ११ गतेबाट प्रदर्शन हुने ‘महापुरूष’ मा अभिभावकको एक्लोपनको कथा देखाइएको निर्देशक तथा लेखक प्रदीप भट्टराईले जानकारी दिए।
आफ्नो व्यस्त जीवनमा रमाइरहेको सन्तान र अभिभावकबीचको सम्बन्ध र चाहनालाई सरल रूपमा प्रस्तुत गरिएको निर्देशक भट्टराईले बताए। फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, राजाराम पौडेल, गौरी मल्ल, रवीन्द्रसिंह बानियाँ, अरुण क्षेत्री, अञ्जना बराइली लगायतका कलाकारले अभिनय गरेका छन्। निर्देशक भट्टराईले यसअगाडि जात्रा, शत्रु गते र जात्रै जात्राको निर्देशन गरेका छन्।
द्वन्द्वप्रधान फिल्म ‘लाखे’ मा सौगात मल्ल, अनुप विक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी, वर्षा राउत, रोहित रुम्वा, संयोग राणा, सुशील सिटौला, प्रशान्त ताम्राकारलगायतका कलाकारको अभिनय रहेको छ।
“यसको मेकिङ निकै मिहिनेत गरिएको छ। विदेशी फिल्मझैँ द्वन्द्वमा मिहिनेत गरिएको छ,” अभिनेता ताम्राकारले भने। सिजन अर्यालको कथा र निर्माण रहेको फिल्मलाई सम्राट बस्नेतले निर्देशन गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
