अर्थमन्त्री विष्णु पौडेलले सरकारले व्यवसायीको माग र सुझावलाई तत्काल समाधान गर्न नसके पनि छलफल र संवादका माध्यमबाट बिस्तारै सम्बोधन गर्ने प्रतिबद्धता जनाए।
काठमाडौँ- उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्योगी व्यवसायीलाई निराशा हुन नदिने गरी काम गर्ने बताएका छन्। शुक्रबार मन्त्रालयमा नेपाल राष्ट्रिय व्यवसायी महासंघले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै अर्थमन्त्री पौडेलले सरकारले सबै उद्योगी व्यवसायीलाई निराशा नहुने गरी काम गर्ने बताएका हुन्।
उनले सरकारले व्यवसायीको माग र सुझावलाई तत्काल समाधान गर्न नसके पनि छलफल र संवादका माध्यमबाट बिस्तारै सम्बोधन गर्ने प्रतिबद्धता जनाए। उनले उद्योगी–व्यवसायीले उठाएका उचित मागलाई सकारात्मक रूपमा लिएको उल्लेख गरे। मन्त्रालयमा कामको चाङ लागेकाले सबै विषयमा व्यापक छलफल गर्न नसकिएको उनको भनाइ थियो।
"मन्त्रालयमा कामको चाङ लागेका छन्। त्यसले गर्दा महासंघले राखेका माग र सुझावलाई ग्रहण गर्दै व्यवसायीलाई निराश हुन नदिने गरी कोशिस गर्छु", उनले व्यवसायीको माग छलफल र अध्ययन गरी उचित मागलाई सम्बोधन गर्ने प्रतिबद्धता महासंघलाई जनाए।
महासंघले बैंकले प्रदान गर्दै आएको विनाधितो कर्जा २५ लाख बनाउन माग गर्दै अर्थमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको छ। महासंघका अध्यक्ष कुमार कार्कीले बैंक तथा वित्तीय संस्थाको उच्च ब्याजदरका कारण व्यवसायी व्यवसायबाट पलायन हुने अवस्था आएको भन्दै बैंकको ब्याजदर एकल अंकमा कायम गर्नुपर्ने बताए।
उनले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न कच्चा पदार्थ आयातमा सहुलियत दिनुपर्ने, कर्जा ड्रावल्टमा भइरहेको झन्झटिलो प्रक्रियाको अन्त्य गर्नुपर्ने, बैंकले घरजग्गा लिलाम गर्दा ३५ दिने सूचनालाई ६ महिना समय कायम गर्नुपर्ने, व्यवसायीका लागि वैज्ञानिक भाडादर कायम गर्नुपर्ने, केरुङ, खासालगायत चिनियाँ नाकामा नेपाली व्यवसायीलाई सहज रूपमा जान पाउनुपर्ने व्यवस्था गर्न माग गरेको बताए।
महासंघका पूर्वअध्यक्ष नरेश कटुवालले साना व्यवसायीसँग अर्थ मन्त्रालयले समन्वय गर्नुपर्ने, भन्सार नाकामा सहजता ल्याउन र चोरी पैठारीको रोकथाम गर्न, तरलता सहज बनाई व्यवसायीका लागि सरकारले व्यवसायीमैत्री वातावरण बनाउनुपर्ने माग राखिएको बताए।
त्यस्तै, महासंघकी उपाध्यक्ष लक्ष्मी खड्काले सरकारले एलसी खोल्न बन्द गर्दा व्यवसायीले सामान ल्याउनसमेत नसकिएको बताइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
