एन्फाले 'ए' डिभिजन लिगका लागि भीआईपी पारापिटतर्फ ३०० रुपैयाँ र साधारण पारापिटतर्फ १०० रुपैयाँ टिकट शुल्क तोकेको छ।
काठमाडौँ– अखिल नेपाल फुटबल संघ (एन्फा)ले तीनवटै लिग फुटबलका लागि टिकट शुल्क निर्धारण गरेको छ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार बसेको एन्फाको आकस्मिक कार्यसमिति बैठकले शहीद स्मारक 'ए', 'बी' र 'सी' डिभिजन फुटबलका लागि टिकट शुल्क निर्धारण गरेको हो।
एन्फाका अनुसार 'ए' डिभिजन लिगका लागि भीआईपी पारापिटतर्फ ३०० रुपैयाँ र साधारण पारापिटतर्फ १०० रुपैयाँ टिकट शुल्क राखिएको छ। 'बी' र 'सी' डिभिजन लिगका लागि भने १०० रुपैयाँ टिकट शुल्क तोकिएको छ।
बैठकले 'ए' डिभिजन लिगको टिकटिङ अधिकारका लागि न्यूनतम एक करोड ५० लाख र शीर्षक प्रायोजक बाहेकका कर्मसियल र मार्केटिङ अधिकारका लागि न्यूनतम एक करोड ५० लाख तोकेर टेन्डर आह्वान गर्ने निर्णयसमेत गरेको छ।
यस्तै, 'ए', 'बी' र 'सी' डिभिजन लिगको ब्रोडकास्टिङ अधिकारका लागि न्यूनतम ६० लाख तोकेर टेन्डर आह्वान गर्ने निर्णय पारित गरेको छ। यसका साथै, 'ए', 'बी' र 'सी' लिगका लागि तीन सदस्यीय इन्ट्रगिटी समिति गठन गर्ने भएको छ।
एन्फाले आयोजना गर्ने 'ए' डिभिजन लिग फागुन १९ गते शुरू हुने छ। 'बी' डिभिजन लिग चैत्र १५ बाट शुरू हुनेछ।
'ए' डिभिजन लिग २०७९ आयोजना गर्न एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङको संयोजकत्वमा सम्पूर्ण कार्यसमितिका पदाधिकारी र सदस्यहरू सदस्य रहने गरी लिग सञ्चालन समिति गठन गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
