प्रधानमन्त्री शेरबहादुर देउवाले वन्यजन्तुलाई जलवायुजन्य असर नहुने गरी व्यवस्थापन गर्न तथा मानवबस्ती कुनै खतरा नहुने गरी कार्य अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले प्रकृति संरक्षणमा पर्याप्त ध्यान दिन नसके जनजीवन खरतापूर्ण बन्ने अवस्था रहेको बताएका छन्।
बिहीबार राष्ट्रिय प्रकृति संरक्षण कोषको ४० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले प्राकृतिक श्रोत, साधनको संरक्षण, सम्वर्द्धन वातावरणअनुरूप दिगो रूपमा अघि बढाउन जरुरी रहेको बताए।
प्रधानमन्त्री देउवाले नेपालले बाघ संरक्षणमा उल्लेख्य सफलता हासिल गरेको भन्दै वन्यजन्तुको संरक्षणको विषयलाई पर्यटनसँग जोडेर मुलुकको अर्थतन्त्रमा सहयोग गर्न सकिने बताए। उनले वन्यजन्तुको संख्या बढ्दै गइरहेकाले मानिसको क्षति नहुने गरी काम गर्न पनि सम्बन्धित निकायलाई आग्रह गरे।
प्रधानमन्त्री देउवाले मानव–वन्यजन्तु द्वन्द्व हुने ठाउँमा संरक्षित क्षेत्र कार्यालय, वन्य जीवजन्तु कार्यालयको सहकार्य र समन्वयमा समस्याग्रस्त वन्यजन्तुलाई नियन्त्रणमा लिन आवश्यक रहेको बताए। उनले वन्यजन्तुलाई जलवायुजन्य असर नहुने गरी व्यवस्थापन गर्न तथा मानवबस्ती कुनै खतरा नहुने गरी कार्य अघि बढाउन पनि सम्बन्धित निकायलाई आग्रह गरे।
प्रधानमन्त्री देउवाले नेपाली संरक्षित क्षेत्र स्वदेशी तथा विदेशी पर्यटकका लागि आकर्षक हुने भएकाले यस्ता क्षेत्रको व्यवस्थापन गरी आगामी दिनमा सबै संरक्षित क्षेत्रलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न र पर्यटीकीय सेवाको स्तरोन्नतिमा जोड दिन आवश्यक रहेको उल्लेख गरे।
"नेपाली संरक्षित क्षेत्र स्वदेशी तथा विदेशी पर्यटकका लागि आकर्षक हुने हुँदा कोषले व्यवस्थापन गर्ने कार्य आगामी दिनमा सबै संरक्षित क्षेत्रलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न र पर्यटीकीय सेवाहरूको स्तरोन्नतिमा जोड दिन आवश्यक छ," प्रधानमन्त्री देउवाले भने, "यो क्षेत्रमा काम गर्नेहरूले ज्यानको जोखिम मोलेर काम गर्नुपर्ने हुँदा उनीहरूको सुरक्षा र विशेष सुविधा तथा प्रोत्साहनको व्यवस्था दिनुपर्छ।"
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
