अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई विशेष अदालतले तीन वर्ष ३ महिना जेल सजायको फैसला सुनाएको प्रवक्ता दिपेन्द्रनाथ योगीले जानकारी दिए।
काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई विशेष अदालतले तीन वर्ष ३ महिना जेल सजायको फैसला सुनाएको छ।
विशेष अदालतका प्रवक्ता दिपेन्द्रनाथ योगीले भ्रष्टाचारसम्बन्धी मुद्दामा अभियोग ठहर गर्दै अदालतले पाठकलाई जेल सजायको फैसला सुनाएको जानकारी दिए।
पाठकविरुद्ध भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको स्वामित्वसम्बन्धी विवाद मिलाइदिन घुस लिएको भन्दै मुद्दा दायर भएको थियो।
उक्त कलेजका सञ्चालक लम्बोदरकुमार न्यौपानेले दिएको ७८ लाख रुपैयाँ घुस लिएको भन्दै अख्तियारले पाठकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
प्रवक्ता योगीका अनुसार अदालतले कलेज सञ्चालक न्यौपानेलाई पनि तीन वर्ष जेल सजायको फैसला गरेको छ। त्यस्तै, पाठक र न्यौपाने दुवैलाई ३ वर्ष कैद र ३९ लाख रुपैयाँ जरिबाना तिराउने आदेश दिएको छ।
विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, न्यायाधीशहरू यमुना भट्टराई र बलभद्र बाँस्तोलाको इजलासले पाठक र लम्बोदरलाई दोषी ठहर गरेको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
