कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले शपथ लिएसँगै आफ्नो नेतृत्वमा तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्।
काठमाडौँ– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन्। कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष मुख्यमन्त्री शर्माले पद तथा गोपनीयताको शपथ लिएका हुन्।
मुख्यमन्त्री शर्माले शपथ लिएसँगै आफ्नो नेतृत्वमा तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्। मन्त्रीमा नियुक्त भएका माओवादी केन्द्रका मंगलबहादुर शाही र नेकपा एमालेका विनोदकुमार शाहले पनि प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्। उनीहरूलाई कुनै पनि मन्त्रालय तोकिएको छैन।
कर्णालीमा माओवादी केन्द्र र एमालेबीच आधा/आधा कार्यकाल आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ। त्यस्तै, मुख्यमन्त्रीसहित चार मन्त्रालय माओवादी तथा तीन मन्त्रालय एमालेले लिने समझदारी बनेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
