निर्वाचन आयोगले ३५ जना उम्मेदवारलाई कारबाही गर्ने तयारी गरेको छ। आचारसंहिता उल्लंघनको प्रकृति गम्भीर खालको देखिएकाले उनीहरूलाई कारबाही गर्ने तयारी गरेको आयोगले जनाएको छ।
काठमाडौँ- निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गर्ने ३५ जना उम्मेदवारलाई कारबाही गर्ने तयारी थालेको छ। आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी दिएका उनीहरूलाई कारबाहीको प्रक्रिया अघि बढ्ने पक्का भएको जनाएको हो।
बुधबार निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले धेरै ठाउँमा आचारसंहिता उल्लंघनका उजुरी परेको तर ३५ जनालाई कारबाहीको तयारी गरेको बताए। आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारको कसुर प्रवृत्तिको गहन मूल्यांकन र विश्लेषण गर्दा कारबाहीको भागिदार बन्ने देखिएको उनको भनाइ छ।
"८०/९० वटा स्पष्टीकरण सोध्ने र कसुरको प्रकृतिलाई मूल्यांकन गरेर के गर्न सकिन्छ भनेर हाम्रो टोलीले अनुसन्धान गरिरहेको छ," उनले भने, "३५ जनाको अलिकति बढी नै कसुरजन्य क्रियामा आचारसंहिता उल्लंघन गरेको सन्दर्भलाई लिएर गहन छानबिनको विषय हुने र सजायको भागिदार हुनुहुने भन्ने हामीले देखेका छौँ।"
आयुक्त भण्डारीले आयोगले आचारसंहिता उल्लंघनका घटनाको प्रमाण संकलन गरी गहन अध्ययन गरिरहेको पनि उल्लेख गरे। उनले अहिले विभिन्न दलहरूले अगुवा कार्यकर्ता भेला, प्रशिक्षणलगायतका कार्यक्रम गरेर आचारसंहिताको उल्लंघन गरिरहेको बताउँदै आचारसंहिता मिच्ने जो कोहीलाई पनि आयोगले कारबाही गर्ने चेतावनी दिए।
आयोगले नेकपा (एकीकृत समाजवादी) का नेता कृष्णकुमार श्रेष्ठलाई स्पष्टीकरण सोधेको उनले बताए। वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन दिएर अन्तर्वार्ता शुरु गरेको विषयमा उजुरी परेकाले नेता श्रेष्ठलाई आयोगले स्पष्टीकरण सोधेको उनको भनाइ छ। उनले आयोगले उम्मेदवारले दिएको जवाफका बारेमा मात्रै सही, गलत नछुट्याउने भन्दै पर्याप्त प्रमाण संकलन गरी आचारसंहिता उल्लंघन गरेको पाइए कारबाहीको भागिदार बनाउने बताए।
निर्वाचन आयुक्त भण्डारीले देशको नीति निर्माण र शासन सम्हाल्न जाने मानिसले शुरुदेखि नै ऐन, नियम र आचारसंहिता उल्लंघन गर्नुले देशका लागि नयाँ नीति निर्माण गर्न नसक्ने भन्दै निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
