प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रको प्रगति र योगदान आवश्यक भएको बताएका छन्।
गोरखा– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रमा देखिएको चुनौती हल गर्न निजी क्षेत्रको योगदान महत्त्वपूर्ण हुने बताएका छन्।
नेपाल उद्योग वाणिज्य संघ गोरखाले आयोजना गरेको गोरखा महोत्सवमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले अर्थतन्त्रलाई गति दिन सार्वजनिक–निजी क्षेत्रको सहकार्य अनिवार्य रहेकोमा जोड दिए।
प्रधानमन्त्री भएपछि क्याबिनेटको पहिलो बैठकबाट नै अर्थतन्त्रमा सुधारका निम्ति लिनुपर्ने नीति र उपायबारे गम्भीर छलफल भएको उल्लेख गर्दै उनले अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रको प्रगति र योगदान आवश्यक भएको बताए।
आर्थिक विकासका चुनौती हल गर्दै सामाजिक न्यायको प्रत्याभूति, सुशासन र समृद्धि हासिल गर्न संसद्मासमेत प्रतिबद्धता व्यक्त गरेको उनले स्मरण गरे। गोरखाका जनताले दिएको मतले प्रधानमन्त्री बन्न सफल भएकोमा आभार व्यक्त गर्दै प्रधानमन्त्री दाहालले चुनावी प्रतिबद्धताअनुरूप जिल्लाको विकासका लागि प्रतिबद्ध रहनेसमेत बताए।
कृषिको आधुनिकीकरण, भौतिक पूर्वाधारको विकास, पर्यटन, कला संस्कृतिको संरक्षण, साना घरेलु उद्योगको प्रवर्द्धन र ठूला उद्योग निर्माण र बूढीगण्डकी जलविद्युत् आयोजना, बेनीघाट–आरुघाट–लार्के सडक, पालुङटार विमानस्थल लगायतका ठूला आयोजना अघि बढाउँदै रोजगारी सिर्जनामार्फत गोरखा जिल्लालाई सिंगो देशको समृद्धिका लागि नमुना जिल्ला बनाउने प्रतिबद्धता पूरा गर्न लागिपर्ने उनको भनाइ थियो।
सिंगो संसद्को विश्वास पाएर प्रधानमन्त्री बन्न सफल भएको बताउँदै उनले संसद्मा प्राप्त विश्वासले गोरखाका सँगै देशभरका जनताको सम्मान भएको उल्लेख गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
