निर्वाचन आयोगले प्रत्यक्षतर्फ ३० प्रतिशत मतपत्र छपाइ भएको जनाएको छ।
काठमाडौँ- प्रत्यक्षतर्फ २० जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।
प्रतिनिधिसभातर्फ अछाम, डोटी, कैलाली र कञ्चनपुर तथा प्रदेशसभातर्फ डोटी, डडेलधुरा र कैलाली जिल्लाको मतपत्र छपाइसँगै प्रत्यक्षतर्फ करिब ३० प्रतिशत मतपत्र छपाइ सकिएको हो।
आयोगका अनुसार हालसम्म १ करोड २८ लाख ४९ हजार ५०० मतपत्र छपाइ भइसकेको छ। जसमा प्रदेश सभातर्फको ६४ लाख ३२ हजार ५०० र प्रतिनिधि सभातर्फ ६४ लाख १७ हजार रहेको छ।
हाल कायम रहेको १ करोड ७९ लाख ८८ हजार ५७० मतदाताका लागि प्रत्यक्षतर्फ र समानुपातिकका लागि ४/४ करोड मतपत्र आवश्यक पर्ने आयोगको भनाइ छ।
आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा मतपत्र छपाइ गरिरहेको हो। यसपटक प्रत्यक्षतर्फ अन्तिम नामावलीमा कायम उम्मेदवारको निर्वाचन चिह्न मात्र समावेश गरी मतपत्र छपाइ भइरहेको आयोगले जनाएको छ।
सुदूरपश्चिम प्रदेशमा ढुवानी शुरु
बिहीबारदेखि सुदूरपश्चिम प्रदेशका जिल्लामा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी शुरु भएको छ।
कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा, बझाङ, बैतडी, दार्जुलालगायतका जिल्लामा मतपत्र ढुवानी शुरु गरेको आयोगले जनाएको हो। आयोगका अनुसार यसअघि नै बागमती, मधेश र प्रदेश-१ का जिल्लामा मतपत्र ढुवानी भइसकेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
