देउवालाई भेट्न धुम्बाराहीस्थित देउवाको निवासमा पुगेका दाहालले कांग्रेसलाई पनि विश्वासको मत दिन आग्रह गरेका थिए।
काठमाडौँ– नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने कि नदिने भन्नेबारे मंगलबार बिहान निर्णय गर्ने भएको छ।
सोमबार साँझ प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको भेटवार्तामा देउवाले दाहाललाई यसबारे जानकारी गराएका हुन्।
प्रधानमन्त्री दाहालले मंगलबार प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यसूची छ। त्यसको अघिल्लो दिन देउवालाई भेट्न धुम्बाराहीस्थित देउवाको निवासमा पुगेका दाहालले कांग्रेसलाई पनि विश्वासको मत दिन आग्रह गरेका थिए।
“सौहार्द्धपूर्ण कुराकानी भयो। प्रधानमन्त्रीले विश्वासको मत दिन आग्रह गर्नुभयो”, भेटवार्तामा सहभागी कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले भने, “सभापतिजीले यसलाई सकारात्मक रूपमा लिएको छु, भोलि बिहान संसदीय दलको बैठक बोलाएको छु। त्यहीँबाट बसेर निर्णय गर्छौं भन्नुभएको छ।”
तत्कालीन कांग्रेस नेतृत्वको सत्तागठबन्धन भत्किएपछि दुई नेताबीच पहिलोपटक भेटवार्ता भएको हो। यसअघि दाहालले शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग शपथ लिँदा दुवैको भेट भए पनि कुराकानी भएको थिएन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
