विवाहपञ्चमीको अन्तिम दिन रामकलेवा मनाइँदै

जन्तीका रूपमा आएका साधुसन्तलाई ५६ व्यञ्जन मिष्ठान्न भोजन खुवाएर बिदाइ गरी राम कलेवा मनाउने प्रचलन छ।

विवाहपञ्चमीको अन्तिम दिन रामकलेवा मनाइँदै
नेपाल न्युज बैंक

काठमाडौँ– जनकपुरधाममा सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको अन्तिम दिन बुधबार रामकलेवा मनाइँदै छ।

जन्तीका रूपमा आएका साधुसन्तलाई ५६ व्यञ्जन मिष्ठान्न भोजन खुवाएर बिदाइ गरी राम कलेवा मनाउने प्रचलन छ।

प्रतिकात्मक बनाइएको राम, लक्ष्मण, भरत, शत्रुधनसँगै साधुसन्तलाई दक्षिणासहित बिदाइ गरेपछि विवाहपञ्चमी महोत्सव विधिवत् सम्पन्न हुनेछ।

यसअघि, मंगलबार राति जनकपुरधामको जानकी मन्दिर प्रांगणमा हजारौँ भक्तजनको उपस्थितिबीच मैथिली परम्परा अनुसार सीता र रामको विवाह सम्पन्न भएको थियो।  दुलहीझैँ सजाइएको जानकी मन्दिरमा भारतबाट समेत भक्तजन आएका थिए। 

मंगलबार दिउँसो बाह्रविघा मैदानमा सीताको स्वयंवर गरिएको थियो। सो बेला हेलिकप्टरमार्फत बाह्रविघा मैदान, जानकी मन्दिर र राम मन्दिरमा पुष्पवृष्टि गरिएको थियो।