प्रदेश–१ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेकपा माओवादी केन्द्रको सहभागिताबिना नै मन्त्रिपरिषद् गठन गरेका छन्।
काठमाडौँ– प्रदेश–१ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयतको शपथ लिएलगत्तै मन्त्रिपरिषद् गठन गरेका छन्। उनले नेकपा माओवादी केन्द्रको सहभागिताबिना नै मन्त्रिपरिषद् गठन गरेका हुन्।
उनले एमालेका तिलकुमार मेन्याङ्बो, राप्रपाका भक्ति सिटौला र जसपाका निर्मला लिम्बूलाई मन्त्री नियुक्त गरेका छन् तर जिम्मेवारी तोकेका छैनन्। उनीहरूले पनि पद तथा गोपनीयताको शपथ लिएका छन्।
एमाले प्रदेश–१ संसदीय दलको नेतासमेत रहेका कार्कीले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष आइतबार मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। उनलाई नेकपा माओवादी केन्द्रले पनि समर्थन गरेको छ।
उनलाई मुख्यमन्त्रीमा एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका १ गरी ६० सांसदले समर्थन गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
