जिल्ला अदातल काठमाडौँले सन्दीप लामिछानेलाई थप ४ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।
काठमाडौँ- बलात्कार आरोपमा पक्राउ परेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। जिल्ला अदालत काठमाडौँले बुधबार पुनः ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।
गत असोज २० पक्राउ परेका क्रिकेटर सन्दीपलाई २० गतेबाट गणना हुनेगरी गत असोज २४ गते ७ दिनका लागि म्याद थप गरिएको थियो। सो समय सकिएपछि असोज २७ गते पुनः थप ५ दिन अनुसन्धानका लागि समय उपलब्ध गराएको थियो।
दोस्रो पटक थपिएको समय पनि सकिएपछि कात्तिक १ गतेका लागि अदालतमा उपस्थित गराउनुपर्नेमा सार्वजनिक बिदाका कारण बुधबार अदालतमा उपस्थित गराइएको हो। अदालतले पुनः ४ दिनको म्याद थप गरी अनुसन्धान गर्न नेपाल प्रहरीलाई अनुमति दिएको छ।
अनुसन्धानका लागि प्रहरीले ७ दिनको समय माग गरे पनि अदालतले ४ दिनको समय उपलब्ध गराएको अधिवक्ता सरोजकृष्ण घिमिरेले बताए। उनले भने, "प्रहरीले ७ दिनको म्याद माग गरेका थियो, श्रीमान्ले ४ दिनको मात्रै म्याद थप्नुभयो। आइतबार प्रस्तुत गर्ने सर्तमा ४ दिनको म्याद थपिएको छ।"
गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीपलाई नेपाल आएलगत्तै विमानस्थलबाट असोज २० गते प्रहरीले पक्राउ गरेको थियो। दशैँ बिदाका कारण सन्दीपलाई प्रहरीले २४ गते मात्रै अदालतमा पेस गरेको थियो।
काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको आरोपमा किशोरीले भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन्। सन्दीप त्यसबेला क्यारेबियन लिग क्रिकेट खेल्न गएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
