अध्यक्ष रावतले आफ्नो पार्टी संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सदैव प्रतिबद्ध रहने बताएका छन्।
काठमाडौँ– सत्तासाझेदार जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) रावतले शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता जनसरोकारको मुद्दालाई सम्बोधन गर्न सरकार प्रतिबद्ध रहने बताएका छन्।
सोमबार प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै अध्यक्ष रावतले जनताको नयाँ आवाजलाई मुखरित हुन दिने काममा कुनै पनि खालको अवरोध सिर्जना हुन नदिन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए। विगतमा राज्य पक्षकै कारण जनताको नयाँ आवाजका रूपमा रहेका राजनीतिक दललाई दमन गर्ने र बाहिर आउन नदिने काम गरेकाले अब त्यस्तो काम गर्न नहुने उनको जिकिर थियो।
अध्यक्ष रावतले आफ्नो पार्टी संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सदैव प्रतिबद्ध रहनेसमेत बताए। इशापूर्व छैटौँ शताब्दीतिर नै नेपालमा गणतान्त्रिक व्यवस्था रहेको उल्लेख गर्दै अहिले त्यसलाई पुनर्स्थापना मात्रै गरिएको बताउँदै उनले सोही व्यवस्थाकै कारण गरिब जनताका छोराछोरीले पनि मुलुकका उच्च स्थानमा आसीन हुने अवसर आएको स्मरण गराए।
उनले देशमा संघीयता अपरिहार्य रहेको बताएका छन्। उनले सरकारले संघीयतालाई सबल गर्ने दिशामा उपयुक्त, प्रभावकारी कदम लिने आफूले आस गरेको उल्लेख गरे। "हरेक दृष्टिकोणमा, आयाममा, जातीय संरचनादेखि लिएर, भौगोलिक संरचनादेखि लिएर जसरी यो बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक बहुराष्ट्रिय देश हो। त्यो आधारमा यो देशमा संघीयता अपरिहार्य छ भनेर म स्मरण गराउन चाहन्छु। र, यो देशका अखण्डताको लागि पनि अति आवश्यक भएको कुराचाहिँ साक्षात् प्रमाणको रूपमा म आफैँ जीवित छु। त्यही भएर यो सरकारले संघीयतालाई सबल गर्ने दिशामा उपयुक्त, प्रभावकारी कदम लिनेछ भन्ने मैले आशा लिएको छु", उनले भने।
अध्यक्ष रावतले लोकतन्त्रमा जनताको घरदैलो गर्न सकिने अवस्था रहेकाले यसलाई विश्वकै उत्कृष्ट व्यवस्थामध्ये एक भनिएकाले आफ्नो पार्टी त्यसको संरक्षणमा पनि लागिपर्ने बताए। उनले लोकतन्त्रको सुन्दर पक्ष भनेकै जनताको आकांक्षाअनुसार शासन व्यवस्था सञ्चालन हुने भएकाले त्यसलाई सुदृढ बनाउँदै अघि बढन आफ्नो पार्टी लागि परेको पनि स्पष्ट पारे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
