एमाले संसदीय दलका नेता हिक्मत कार्कीले ६० जना सांसदको समर्थनसहित प्रदेश १ को मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्।
विराटनगर । प्रदेश १ मा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले ६० जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्।
उनले एमाले, माओवादी, राप्रपा र जसपाका सांसदहरूको समर्थन सहित मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन्।
प्रदेशसभामा एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका १ जना सांसद रहेका छन्। ९३ सदस्य रहेको प्रदेशसभामा सरकार गठनका लागि ४७ सांसद आवश्यक पर्छ।
प्रदेशसभामा कुनै पनि दल बहुमतमा नभएपछि प्रदेश प्रमुखले २ वा २ भन्दा बढी दलको समर्थनमा सरकार बनाउन आह्वान गरेका थिए। कार्कीले प्रदेशप्रमुखले दिएको समयसीमाभित्र मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
