प्रदेश १ मा एमालेले आफ्नो नेतृत्वमा सरकार गठन गर्ने तयारी गरेको छ। गठबन्धनको घटक माओवादीले भने केन्द्रको निर्णय पर्खिरहेको जनाएको छ।
काठमाडौँ– प्रदेश १ मा नयाँ सरकार गठनका लागि दलहरूलाई दिएको समय आइतबार साँझ पाँच बजे सकिँदै छ।
सत्ता साझेदार दलहरूले पाँच बजे अघि नै प्रदेश प्रमुख परशुराम खापुङसमक्ष मुख्यमन्त्री दाबी गर्ने तयारी गरेका छन्। नेकपा एमाले नेता हिक्मत कार्कीको नेतृत्वमा सरकार गठनका लागि दाबी पेस गर्ने तयारी रहेको एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए।
“चार दलका ६० जना सांसदको समर्थन लिएर एमाले संसदीय तलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखसामु दाबी पेस गर्न जाँदैछाैँ”, भण्डारीले उकालोसँग भने, “एमाले, राप्रपा र जसपाका साथीहरू भेला भइसक्यौँ। माओवादीका साथीहरूलाई पर्खिरहेका छौँ।” माओवादी नेताहरू काठमाडौँबाट नफर्किएका कारण पर्खनुपरेको उनले बताए।
तर, सरकारकाे नेतृत्व कसले गर्ने भन्ने टुंगाे लागिनसकेकाे माओवादीले जनाएको छ। केन्द्रमा शीर्ष नेताको बैठक बसिरहेकाले उक्त बैठकले भागबन्डा गर्ने माओवादी प्रदेश १ संयोजक हर्कबहादुर नेम्बाङले बताए। “केन्द्रबाट कुनै सूचना आएकाे छैन। सूचना आएपछि सरकारकाे नेतृत्व कसले गर्ने गठबन्धनमा निर्णय दाबी पेस गर्न जान्छाैँ”, उनले उकालोसँग भने।
प्रदेश प्रमुख खापुङले पुस १७ गते संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीको दाबी गर्न आव्हान गरेका थिए। केन्द्रको गठबन्धन कायम हुँदा प्रदेशमा सुविधाजनक बहुमत पुग्ने अवस्था छ। ९३ जना सदस्य रहेको सभामा बहुमतका लागि ४७ सिट आवश्यक पर्छ। प्रदेश १ मा एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका १ जना सांसद छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
