निर्वाचन आयोगले फेसबुकमा हुने निर्वाचनकेन्द्रित गलत सूचना प्रवाहलाई मेटासँगको सहकार्यमा निगरानी गर्ने भएको छ। फेसबुकमा प्रचार-प्रसार गर्दाको खर्च विवरण पनि संकलन गर्ने भएको छ।
काठमाडौँ- निर्वाचन आयोगले फेसबुकमा हुने निर्वाचनकेन्द्रित गलत सूचना प्रवाहलाई मेटासँगको सहकार्यमा निगरानी गर्ने भएको छ। मंगलबार काठमाडौंमा आयोजित ‘मेटा इन्टीग्रिटी समिट’लाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनकेन्द्रित भएर फेसबुकमा हुने प्रचार-प्रसार तथा खर्चलाई मेटामार्फत अनुगमन गरिने जानकारी दिए।
उनले आयोगले फेसबुकबाट हुने असामाजिक, अमर्यादित चरित्र, चिन्तन र क्रियाकलापलाई उपयोगी, आवश्यक र मर्यादित बनाउन मेटासँग सहकार्य गरिएको स्पष्ट पारे। उनले सामाजिक सञ्जालमार्फत निर्वाचनको स्वच्छतालाई बिटुलिन नदिइने उल्लेख गर्दै यसलाई आयोगले सामाजिक सञ्जाललाई नियन्त्रण गर्न खोज्यो भन्ने ढंगले नबुझ्न पनि स्पष्ट पारे।
"मेटासँगको यो इन्टीग्रिटी समिटबाट पनि तपाईंहरूमा भ्रम नपरोस्, काहीँकतै सामाजिक सञ्जालको नियन्त्रण पो हुँदैछ कि। कहीँकतै नियन्त्रण हुँदैछैन," उनले भने, "एउटै भाषामा भन्ने हो भने नेपालको सन्दर्भमा सामाजिक सञ्जालबाट हुने असामाजिक र अमर्यादित चरित्र, चिन्तन र क्रियाकलापलाई हामीले उपयोगी, आवश्यक र मर्यादित बनाउनको निम्ति यो प्रक्रिया प्रारम्भ गरेका हौँ।"
आयोगले दलहरूले निर्वाचन प्रचार-प्रसारका लागि सामाजिक सञ्जालमा गर्ने खर्चको पनि निगरानी तथा अनुगमन गर्ने र सीमा उल्लंघन भएको पाए कारबाही गर्ने स्पष्ट परेको छ। प्रमुख निर्वाचन आयुक्त थपलियाले उम्मेदवारले निर्वाचन खर्च विवरण नबुझाउने र बुझाए पनि एकातर्फ भएको खर्च अर्कोतर्फ देखाउने गरेको प्रसंग उल्लेख गर्दै आयोगले त्यस्ता कामलाई नियन्त्रण गर्न लागेको बताए।
निर्वाचनमा लोकतन्त्रलाई संस्थागत गर्ने कुरामा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिका कुरा सँगसँगै आउन नहुने उनको भनाइ छ। उनले स्वच्छ, स्वतन्त्र, भयरहीत र विश्वसनीय रूपमा सम्पन्न गराउने काममा आयोगले सबैको सहयोगको अपेक्षा राखेको बताए।
निर्वाचन पैसाले नभई निष्ठाले जित्नुपर्छ भन्ने मान्यता आयोगको रहेको भन्दै उनले निर्वाचनको निष्ठालाई प्रवर्द्धन गर्न सधैँ लागिरहने पनि स्पष्ट पारे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
