विराटनगरले दिएको १४७ रनको लक्ष्य पछ्याएको फारवेस्ट निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४४ रनमा समेटियो।
काठमाडौँ- अंक तालिकाको पुछारमा रहेको फारवेस्ट युनाइटेड नेपाल टी-२० लिगबाट बाहिरिएको छ।
शुक्रबार भएको दिनको दोस्रो खेलमा विराटनगर सुपर किङ्ससँग ३ रनले पराजित हुँदै फारवेस्ट प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको हो।
विराटनगरले दिएको १४७ रनको लक्ष्य पछ्याएको फारवेस्ट निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४४ रनमा समेटियो। फारवेस्टका कप्तान हसमतुल्लाह शाहिदले सर्वाधिक ५८ रनको योगदान दिए। उनले ४६ बलमा ८ चौका र १ छक्का प्रहार गरे।
उमिर अलीले १२ बलमा १ चौका र २ छक्कासहित २३ रन बनाए। ओपनर बिनोद भण्डारी र नोर अमेद १०/१० रनमा आउट भए।
विराटनगरका राज नमनले सर्वाधिक ३ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले ३२ रन खर्चिए। सूर्य तामाङले २ विकेट लिए।
त्यसअघि टीयू क्रिकेट मैदानमा पहिला ब्याटिङ थालेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४७ रन बनाएको थियो।
विराटनगरका हुसेन टालटले सर्वाधिक ५० रन बनाए। उनले २९ बलमा ५ चौका र २ छक्का प्रहार गरे। विबेक यादव २० बलमा २ चौका र २ छक्का प्रहार गर्दै ३५ रनमा अविजित रहे।
अर्जुन साउद २२ र कप्तान रोहितकुमार पौडेलले २१ रन बनाए। फारवेस्टका उमिर अलीले सर्वाधिक २ विकेट लिए। उनले ४ ओभरमा २२ रन खर्चिए। करण केसी र दुर्गेश गुप्ताको नाममा १/१ विकेट रह्यो।
जितसहित विराटनगरले ९ खेलमा ८ अंक बनाएको छ। विराटनगर अंक तालिकाको चौथो स्थानमा छ। पराजित फारवेस्टले समान खेलबाट ४ अंक मात्रै बनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
