लुम्बिनी १० खेलमा ८ मा जितसहित १६ अंक जोड्दै नेपाल टी२० लिगको शीर्षस्थानमा छ। जनकपुर १० खेलमा ७ मा जितसहित १४ अंकका साथ दोस्रो स्थानमा छ।
काठमाडौँ– नेपाल टी२० लिगअन्तर्गत शुक्रबार जनकपुर राेयल्सले लुम्बिनी अलस्टारलाई पराजित गरेको छ। त्रिवि मैदामा शुक्रबार भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको जनकपुरले निर्धारित १७ ओभरमा १५९ रन बनाएको थियो।
१६० रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले १७ ओभरमा ७ विकेट गुमाउँदै १३६ रन बनायो। लुम्बिनीका अनिलकुमार शाहले सर्वाधिक ३५ रनको योगदान दिए। ओपनर लाहिरु मिलान्था ३२, सुनिल धमला २७,गुलशन झा १०, कप्तान कुशल भुर्तेल ५, ह्यारी टेक्टर ७ र साड्ली भान ५ रनमा आउट भए।
जनकपुरका कप्तान ट्रेभोन ग्रिफिथले ३ विकेट लिए। समिउल्लाह शिनवारीले दुई विकेट लिए। जनकपुरका ग्रिफिथ ११ बलमा ३ चौका र ५ छक्कासहित ४७ रनमा अविजित रहे। ओपनर शराफुद्दिन अशरफ ५ चौका र १ छक्कासहित ३४ रनमा आउट भए। खडक बोहरा २२, दीलिप नाथ १० र अशान प्रियन्जनले ८ रनको योगदान दिए।
लुम्बिनीका सागर ढकालले २ विकेट लिए। कुशल भुर्तेलले २ तथा प्याट ब्राउन र ईशान पाण्डेले सामान १/१ विकेट लिए। खेल हारेपनि लुम्बिनी १० खेलमा ८ मा जितसहित १६ अंक जोड्दै शीर्षस्थानमा छ। जनकपुर १० खेलमा ७ मा जितसहित १४ अंकका साथ दोस्रो स्थानमा छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
