तराईमा ५ दिनदेखि शीतलहर, सावधानी अपनाउन आग्रह

सिमराभन्दा पूर्वमा न्यूनतम तापक्रम घटेर चिसो अत्यधिक बढेकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

काठमाडौँ– तराईका धेरै भूभागमा पाँच दिनदेखि शीतलहर परेकाे छ।

अझै केही दिन शीतलहर कायमै रहने हुँदा सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। महाशाखाका अनुसार मध्य तराई र आसपासमा दिनभर नै हुस्सु/कुहिरो लाग्ने गरेको छ। नेपालगन्ज, भैरहवा र सिमरामा अधिकतम तापक्रम औसतभन्दा ५ डिग्री सेल्सियसभन्दा बढीले घटेको छ।

बिहानीपख बाक्लो हुस्सु/कुहिरो लागेको छ। सिमराभन्दा पूर्वमा न्यूनतम तापक्रम घटेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।