मर्दी बेसक्याम्पसम्म पुग्न कतै घना जंगल, कतै डाँडा त कतै भीर हुँदै जानुपर्छ। यस गन्तव्यबाट मर्दी, अन्नपूर्ण रेन्ज, माछापुच्छ्रेलगायतका हिमालका सुन्दर दृश्यहरू हेर्न पाइन्छ।
पोखरा– ट्रेकिङको मुख्य सिजन शुरू भएसँगै नेपालका विभिन्न पदमार्गहरूमा पर्यटकको चहलपहल बढेको छ। तीमध्ये मर्दी हिमाल बेसक्याम्पसम्मको गन्तव्यमा अहिले आन्तरिक तथा विदेशी पर्यटक आउने क्रम शुरू भएको छ। स्थानीय व्यवसायी इराक गुरुङका अनुसार यस वर्षको सिजनको शुरूआतमै विदेशीभन्दा स्वदेशी पर्यटक बढी आइरहेका छन्।
कास्कीको माछापुच्छ्रे गाउँपालिकामा रहेको मर्दी हिमाल पदमार्गमा ट्रेकिङ गर्नेहरू मर्दी भ्युपोइन्ट र मर्दी बेसक्याम्पसम्म पुग्छन्। बेसक्याम्पसम्म पुग्न कतै घना जंगल, कतै डाँडा त कतै भीर हुँदै जानुपर्छ। मर्दी बेसक्याम्प चार हजार ५०० मिटरको उचाइमा छ। यस गन्तव्यबाट अन्नपूर्ण रेन्ज, माछापुच्छ्रेलगायतका हिमालका सुन्दर दृश्यहरू हेर्न पाइन्छ।
मर्दी हिमाल हिउँ परेको समयमा अत्यन्तै सुन्दर देखिने भए पनि यो वर्ष भने हिउँ पर्न शुरू भएको छैन। तर, हिमाल हेर्ने उद्देश्यले पर्यटक बेसक्याम्पसम्म पुगिरहेका छन्। व्यवसायीले यस क्षेत्रमा पर्यटकको संख्या बढ्नेमा आशा व्यक्त गरेका छन्। हेर्नुहोस् मर्दी बेसक्याम्पसम्मको यात्रामा लिइएका तस्वीरहरू:










Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
