राहदानी विभागको सफ्टवेयर व्यवस्थापनको जिम्मा लिएको कम्पनीले समस्या समाधानका लागि दुई जना प्राविधिक पठाएको छ।
काठमाडौँ– राहदानी विभागको सफ्टवेयर व्यवस्थापनको जिम्मा लिएको आइडिमिया कम्पनीले आफ्ना प्राविधिकलाई नेपाल पठाएको छ। त्रिपुरेश्वरस्थित राहदानी विभागको सफ्टवेयरमा समस्या देखिएपछि कम्पनीले आफ्ना विशेषज्ञ नेपाल पठाएको हो।
सिस्टममा समस्या देखिएको भन्दै विभागले पूर्ण सेवा दिन नसकिने सूचना जारी गरेपछि बुधबार प्रधानमन्त्री कार्यालयको प्राविधिक टोलीले निरीक्षण गरेको थियो। प्रधानमन्त्री कार्यालयबाट डाटावेश विशेषज्ञ, प्रोग्राम एक्सपर्ट, मन्त्रालयका सूचना तथा प्रविधि शाखाका कर्मचारीले विभागमा पुगेर प्राविधिक अध्ययन गरेका थिए।
त्यसलगत्तै कम्पनीको चीनमा रहेको मुख्यालयका प्राविधिकसँग समस्याबारे कन्फ्रेन्स कलमार्फत कुराकानी गरेको थियो। कुराकानीमा प्रधानमन्त्री कार्यालयको टोलीले प्राविधिक समस्याका कारण सयौँ नेपालीले समस्या झेल्नुपरेकोले सम्झौताअनुरूप तत्कालै सफ्टवेयरलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने व्यवस्था गर्न कम्पनीलाई निर्देशन दिएको थियो।
त्यसलगत्तै कम्पनीले आफ्ना दुई जना प्राविधिकलाई नेपाल पठाएर समस्या पहिचान गरी हल गर्ने सहमति जनाएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। सहमतिअनुसार भारत र मलेसियाबाट थप दुई जना प्राविधिक बिहीबार नेपाल आउने र शुक्रबार प्रधानमन्त्री कार्यालयको प्राविधिक टोलीसँग छलफल गरेर समाधान खोजिने भएको छ।
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले बिहीबार नै क्याबिनेट बैठकपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री, मुख्य सचिव, परराष्ट्र सचिव, राहदानी विभागका महानिर्देशक लगायतसँग समस्या तत्काल हल गर्न छलफल गरेका थिए। छलफलमा प्राविधिक समस्या हल गर्न र लामो लाइनमा बस्नु नपर्ने गरी छिटो छरितो रूपमा राहदानी सेवा उपलब्ध गराउन आवश्यक व्यवस्था मिलाउन प्रधानमन्त्री दाहालले निर्देशन दिएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
