साहित्यकार विश्वम्भर चञ्चलले आत्मकथामा २००७ सालदेखि गणतन्त्रसम्मैको चर्चा गरेका छन्। कमल रिजालको पुस्तक भने धार्मिक दर्शनमा केन्द्रित छ।
काठमाडौँ– विश्वम्भर चञ्चलको आत्मकथा ‘बाँचेको युग : मरेका मान्छे’ तथा कमल रिजालको दार्शनिक लेखहरूको संगालो ‘पूर्वीय दर्शन विमर्श’ प्रकाशित भएका छन्। दुवै पुस्तकलाई रत्न पुस्तक भण्डारले प्रकाशित गरेको हो।
साहित्यकार विश्वम्भर चञ्चलले आत्मकथामा आफूले बाँचेको संसार लेखेको उल्लेख गरेका छन्। उनले पुस्तकमा सामाजिक तथा राजनीतिक अनुभव र अनुभूति लेखेका छन्।
राणा शासनबारे धमिलो सम्झना भएकाले पुस्तकमा धेरै चर्चा छैन। तर, २००७ सालदेखि दोस्रो संविधानसभा निर्वाचनसम्मैको चर्चा गरिएको छ। पञ्चायतकाल, दरबारभित्रका गतिविधि, प्रजातान्त्रिककाल र गणतन्त्रसम्मको चर्चा लेखकले गरेका छन्।
यो पुस्तक पुरानो काठमाडौँको जीवनको फेहरिस्त पनि हो। उनको आत्मकथामा पुरानो नेपाली समाजको चित्र छ।
झन्डै १० वर्ष लगाएर पुस्तक तयार पारेको लेखकले उल्लेख गरेका छन्। ५०२ पृष्ठको पुस्तकको मूल्य ८९५ रुपैयाँ छ।
त्यसैगरी कमल रिजालको पुस्तक ‘पूर्वीय दर्शन विमर्श’मा हिन्दू दर्शनमा आधारित रचनाहरू छन्। पाँच खण्डमा विभाजित पुस्तकमा उनले वेद, उपनिषद्, पुराणको चर्चा गरेका छन्। त्यसैगरी हिन्दू धर्ममाथि भइरहेको अतिक्रमणको चर्चा पनि छ।
२०८ पृष्ठको यो पुस्तकको मूल्य ३९५ रुपैयाँ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
