वातावरण विभाग तथा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको टोलीले ४३ वटा गाडीको परीक्षण गरेको छ।
काठमाडौँ– अत्यधिक धुवाँ फाली वायु प्रदूषण गराउने १४ जना सवारी चालक कारबाहीमा परेका छन्।
बबरमहलस्थित वातावरण विभाग तथा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको प्रहरी र दक्ष प्राविधिकसहितको टोलीले काठमाडौँको कलंकीमा परीक्षण गरेको थियो। सो क्रममा ४३ गाडीमा परीक्षण गरेको थियो।
चालकलाई सवारीसाधन मर्मतपश्चात् तोकिएको जरिवाना तिराएर कागजात फिर्ता गर्ने गरी छाडिएको कार्यालयका प्रवक्ता एसपी राजेन्द्रप्रसाद भट्टले जानकारी दिए। यस्ता सवारी साधनले वायु प्रदूषण गराउनाका साथै दुर्घटनाको समेत जोखिम बढाउने उनले बताए।
आफ्नो सवारीसाधनको अवस्था दुरुस्त राख्न अनुरोध गरिएको र त्यस्तो पाइएमा कारबाही गरिने प्रवक्ता भट्टले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
