लुम्बिनीले दिएको १७९ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा १७३ रन मात्रै बनाउन सक्यो।
काठमाडौँ– अंक तालिकाको शीर्ष स्थानमा रहेको लुम्बिनी अलस्टारले नेपाल टी-२० लिगमा जनकपुर रोयल्समाथि रोमाञ्चक जित हात पारेको छ। मंगलबार सम्पन्न दिनको दोस्रो खेलमा लुम्बिनीले जनकपुरलाई ५ रनले पराजित गरेको हो।
लुम्बिनीले दिएको १७९ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा १७३ रन मात्रै बनाउन सक्यो। जनकपुरका चाड्विक वाल्टनले अविजित रहँदै सर्वाधिक ५९ रन बनाए। उनले ३६ बलमा ३ चौका र ४ छक्का प्रहार गरे।
ओपनर शराफुद्दीन अशरफले १९ बलमा ४ चौकासहित २६ रन बनाए। मध्यक्रमका सन्दीप जोराले २१ बलमा १ चौका र २ छक्कासहित २६ नै रन बनाए। कप्तान तथा ओपनर ट्रेभोन ग्रिफिथले २२ बलमा ३ चौका र १ छक्कासहित २६ नै रन बनाए।
समिउल्लाह शिनवारीले १८ रन बनाउँदा दिलीप नाथ ७ रनमा आउट भए। लुम्बिनीका ह्यारी टेक्टर र बिपुल शर्माले २/२ विकेट लिए।
त्यसअघि टियु क्रिकेट मैदानमा पहिला ब्याटिङ थालेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७८ रन बनायो। लुम्बिनीका ओपनर हर्मित सिंहले सर्वाधिक ७३ रन बनाए। उनले ४७ बलमा ५ चौका र ६ छक्का प्रहार गरे।
अर्का ओपनर लाहिरू मिलन्थाले ३२ बलमा २ चौका र २ छक्कासहित ३३ रन बनाए। ह्यारी टेक्टरले १८ कुशल भुर्तेलले १७, कप्तान दीपेन्द्रसिंह ऐरीले १४ र गुलशन झाले ८ रन बनाए। जनकपुरका शराफुद्दीन अशरफले सर्वाधिक ३ विकेट लिए। उनले ३ ओभरमा ३५ रन दिए।
जितेन्द्र मुखिया, समीउल्लाह शिनवारी र ललित राजवंशीको नाममा १/१ विकेट रह्यो। जितसँगै लुम्बिनीले ८ खेलबाट १४ अंक बनाएको छ। जनकपुरको समान खेलबाट १० अंक छ। जनकपुर अंक तालिकाको दोस्रो स्थानमा रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
